English

जगदुल्लाको बिजुली बाँफिकोटको सव स्टेशनमा जोड्ने सम्झौता



जाजरकोट । १०६ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेशनमा जोड्ने सम्झौता भएको छ।

नेपाल विद्युत् प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडबीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो। यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद, विक्री कार्यसमेत सुरु भएको छ।

आयोजना निर्माणका लागि बैंक सँगको सम्झौतासमेत एक महिनाभित्र हुने भएको छ। आयोजना निर्माणका लागि अझैं सडक, पुलहरू निर्माण कार्य बाँकी रहेको छ।

जटिल भू-भागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिए पनि पूर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ।

तल्लु र त्रिबेणीस्थित भेरी नदीमा ठुला पुलहरू निर्माण हुँन बाँकी रहेको छ । त्यस्तै त्रिबेणीदेखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए।

नलगाड नगरपालिकाको दानीपिपलमा ४०० केभीको सव स्टेशन निर्माण कार्य जारी रहेकोले जगदुल्लाको बिद्युत बाँफिकोटमा जडानका लागि सम्झौता भएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested