English

नेपाल-क्यानाडा कुटनीतिक सम्बन्धको ५७औं वार्षिकोत्सव जुममार्फत सम्पन्न



‘कन्सर्न नेपाल-क्यानडा’ र ‘नेपाल-क्यानडा फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसन’ को संयुक्त आयोजनामा काठमाडौंमा नेपाल र क्यानाडाबीचको कुटनीतिक सम्बन्धको ५७औं वार्षिकोत्सव मनायो। कोभिडका कारण जुममार्फत सञ्चालन भएको कार्यक्रमको अध्यक्षता नेपाल क्यानडा फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनका अध्यक्ष प्रोफेसर डा. प्रदीप कुमार खड्काले गरे ।

डा. खड्काले क्यानाडा र नेपालबीच वर्षौं कायम कुटनीतिक सम्बन्धले नेपालले क्यानाडाबाट धेरै कुराको लाभ लिनुका साथै आगामी दिनमा नेपालले क्यानडाबाट प्रविधि भित्र्याई नेपाललाई प्रविधिमैत्री देशमा रूपान्तरण गर्न सकिने कुरामा जोड दिँदै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै राइज मिडिया नेटवर्क परिवारको तर्फबाट पनि सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै उक्त मिडियासँग हातेमालो गरेर अघि बढ्न सकिने कुराको जानकारी गराए ।

कार्यक्रममा कन्सर्न नेपाल-क्यानडाका मुख्य संयोजक प्रोफेसर डा. तुल्सी धरेलले १८ जुन १९६५ मा सुरू भएको नेपाल र क्यानाडाबीचको सम्बन्ध अझ प्रगाढरूपले अगाडि बढाई नेपालले क्यानाडामा आफ्नो‌ उत्पादनहरू निर्यात गरी क्यानाडाको सिप नेपालले भित्र्याई द्रुत विकासमा ध्यान दिन नेपाल सरकारको ढोका ढकढकाउन जरूरी रहेको जानकारी गराए ।

क्षेत्रफलको हिसाबले क्यानाडा विश्वकै ठूलो देश‌ रहेको र क्यानाडाको ९०% जमिन सरकारी स्वामित्वमा रहेको जानकारी पनि डा. धरेलले गराउनुभयो । साथै‌, क्यानाडा सरकारको‌ काम कारबाहीहरूबाट प्रभावित भई नेपाल सरकारले ‌पनि क्यानाडाको मोडल अपनाउन सुझाव दिए।

उक्त वेबिनारमा अतिथिको रूपमा राइज मिडिया नेटवर्कका महाप्रबन्धक धीरेन्द्र पन्तले क्यानाडा र नेपालबीचको कुटनीतिक सम्बन्ध कोसेढुङ्गा सावित होस्र भनि ५७औं वर्षको कुटनितिक सम्बन्धको उपलक्ष्यमा आयोजित कार्यक्रमको मंगलमय शुभकामना व्यक्त गर्दै राइज मिडिया नेटवर्कले उक्त संघसँग हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा क्यानाडा र नेपालका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।

यो पनि…
एनआरएन युकेको सक्रियतामा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो
विश्वको पर्यटन पहिलेकै अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छः राष्ट्रसंघ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested