English

विश्वकै दुर्लभ कालो हीरा, हुँदैछ लिलाम



सुन, चाँदी, हीरा र मोतीका गहना लगाउन सबैलाई रहर लाग्छ । यो एकदमै महँगो पनि हुन्छ । भर्खरै यस्तो रत्नको प्रदर्शन आयोजना गरिएको थियो जसलाई अहिलेसम्मकै महँगो रत्न मानिएको छ । विश्वको सबैभन्दा महँगो काटिएको कालो हीरा पहिलोपटक दुबईमा सार्वजनिक गरिएको छ ।

यो हीरा विगत २० वर्षदेखि सार्वजनिकरूपमा कहिले प्रदर्शन वा बिक्री वितरण गरिएको छैन । यो हीरा लामो समयसम्म सुरक्षित राखिएको थियो । यही कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा ठूलो काटिएको हीराको दर्जा दिइएको छ । जुन हीरा अहिले चर्चाको विषय बनेको छ ।

यो काटिएको हीरा सबैभन्दा बढी ठोस सामग्रीमध्ये एक हो । यो ५५५.५५ क्यारेटको हीरा विगत २० वर्षदेखि कसैले दाबी गरेका छैनन् । सोथेबिचका गहना विशेषज्ञ सोफी स्टिेभेन्सनका अनुसार यो हीरा खम्सा (हत्केला) जस्तो आकारको छ ।

यो दुर्लभ हीरा दुबईमा प्रदर्शनपछि लस एन्जलस र लन्डनमा सर्वसाधारणलाई देखाइने छ । यो हीराको लिलामी फेब्रुअरी ३ बाट सुरू हुनेछ, जुन साता दिनसम्म चल्नेछ ।

लिलामीमा यो हीरा किन्नेहरूले क्रिप्टोकरेन्सीमा पनि तिर्न सक्छन् । सोथविको लिलामी कम्पनीले भने कि हामीले पहिलो क्रिप्टोकरेन्सीमा अन्य रत्नहरू लिलामी गरेका छौं । गत वर्ष हङकङमा ‘के १०१३८’ हीरा १२.३ मिलियन डलरमा बेचेको थियो । जुन क्रिप्टोकरेन्सीमा भुक्तानी गरिएको थियो ।

यो पनि
बृहस्पतिजस्तै अर्को ग्रहको तौल सूर्यबराबर
चीनले बनायो सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested