English

महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरक १० भनाइ



लक्ष्मीप्रसाद देवकोटाको जन्म विसं १९६६ को कार्तिक २७ गते लक्ष्मीपूजाका दिन भएको थियो भने उनको मृत्यु २०१६ को भदौ २९ मा भएको थियो । उनी नेपाली साहित्यमा महाकविका रुपमा प्रसिद्ध छन् । उनी नेपाली साहित्यमा कविता, निबन्ध, आख्यान र नाटक चार वटै विधामा कलम चलाउँथे ।

१. जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर ।

२. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

३. मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

४. कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

५. सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

६. घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं ।

७. खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

८. जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

९. चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

१०. शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested