English

मलाइकासँग किन दूरी बढाउँदै छन् अर्जुन कपुर ?



बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ ।

यो पनि…
शाहरुख खान अपहरणकारी !
कपिल शर्मा तनावमा !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

Latest










Popular
Suggested