English

नेपालमा एकैदिन थपिए २,४४४ संक्रमित, ३१३ जना डिस्चार्ज



नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घन्टामा ३ सय १३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ५२ पुगेको छ । जसमध्ये, ८ हजार ८ सय ६७ जना होम आइसोलेसन र ६ सय ५५ जना संस्थागत आइसोलेसनमा छन् । जसमा ९३ जनाको आईसियु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा ११ हजार ६ सय ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सरकारले पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानालाई तीव्रता दिइरहेको छ । हालसम्म १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनालाई पूर्ण खोप दिइएको जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested