English

प्रधानाध्यापकबाट मिसेस ग्रान्ड इन्टरनेसनलसम्मको यात्रा (भिडियो पनि)



भैरहवाकी उर्मिला उप्रेती सिलवाललाई सानैदेखि सौन्दर्य प्रतियोगितामा सहभागी हुने रहर थियो । उनलाई शिक्षण पेसामा पनि उनको त्यतिकै रुचि थियो । शिक्षण पेसालाई अघि बढाउने सपना पूरा गर्दागर्दै उनको सौन्दर्य प्रतियोगितामा सहभागी हुने उनको सपना पछाडि छुट्यो ।

मिसेस ग्रान्ड इन्टरनेसनलले उर्मिलाको त्यो सपनालाई पूरा गरिदिएको छ । उनले शनिबार मिसेस ग्रान्ड इन्टरनेसनलको ताज पहिरिएकी छिन् । मिसेस ग्रान्ड इन्टरनेसनल नेपालको ताज पहिरिएसँगै म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ नेपालबाट उर्मिला सहभागी हुने भएकी छिन् । ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ मार्फत नेपाललाई विश्वसामु चिनाउने प्रयास गर्ने उनी बताउँछिन् ।

उर्मिला केही अघि रिबन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड २०२१ मा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन् ।

उर्मिला लिटल बुद्ध इन्टरनेसनल मन्टेश्वरी स्कुलको प्रधानाध्यापक हुन् । महिला सशक्तीकरण र महिला शिक्षाको अभियानमा जोडिएकी उर्मिलाले पाँच जना बालिकाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेकी छिन् ।

उर्मिला लिटल बुद्ध इन्टरनेसनल मन्टेश्वरी स्कुलको प्रधानाध्यापक हुन् । महिला सशक्तीकरण र महिला शिक्षाको अभियानमा जोडिएकी उर्मिलाले पाँच जना बालिकाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेकी छिन् । आफ्नो यो अभियानलाई निरन्तरता दिने उनको लक्ष्य छ । ‘अहिले पाँच जना नानीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छु विस्तारै त्यस संख्यालाई बढाउँदै लैजाने छु ’उनले भनिन् ।

हाम्रो देश नेपाल कला संस्कृतिमा एकदमै धनी छ । त्यसैले, हाम्रो संस्कृतिलाई विश्वसामु चिनाउने र महिला शसक्तीकरणको विषयमा आवाज उठाउने लक्ष्यको साथ उनी मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै छिन् । उनी भन्छिन्– ‘मेरो देशको संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्य लिएर तयारी गर्दै छु विजय भएर फर्कनको लागि सबैको साथ र सहयोग पाउने आशा गरेको छु ।’

दृढ आत्मविश्वास र लगातार मेहेनत गर्ने व्यक्तिले आफ्नो सपना पूरा गर्न सक्छ भन्ने उदाहारण बनेकी छिन् उर्मिला । सानै उमेरदेखि सौन्दर्य प्रतियोगितामा रुचि भए पनि विभिन्न कारण उनले त्यसमा सहभागी हुन पाएकी थिइनन् । १० वर्ष शिक्षण पेसामा योगदान दिएर अब समाज र देशका लागि केही गर्ने लक्ष्यको साथ उर्मिला अघि बढेकी छिन् ।

भिडियो:

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested