English

जोकोभिचबारे अस्ट्रेलियाली सरकारको निर्णय खारेज



टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम-अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ ।

मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएका हुन् ।

सर्बियन खेलाडी जोकोभिच प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगे पनि कोभिड-१९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय गरेको थियो ।

बिहीबारै अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध जोकोभिचले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

यो पनि

ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक

‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested