English

त्रिविका प्राध्यापकहरूको वृत्तिविकास लक्षित तालिम सम्पन्न



त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकहरूको वृत्तिविकासमा लक्षित तालिम सम्पन्न भएको छ । परम्परागत सिकाइ पद्धतिमा परिवर्तन गर्ने उद्देश्यले स्वयंसेवी प्राध्यापकहरूको अनौपचारिक सञ्जालले एकमहिने बहुआयामिक कार्यशाला तालिम सम्पन्न गरेको हो ।

कार्यक्रममा ८१ जनाले सहभागिता जनाएका थिए । जसमा १६ जना संयोजन समूहका सदस्यहरू सहभागी भएका थिए । सञ्जालले विगतमा सेमेस्टरमा आधारित शिक्षण तालिम, अनलाइन शिक्षण तालिम, अनुसन्धान र लेखन तालिम दिँदै आएको थियो । यो वर्ष बहुआयामिक कार्यशाला तालिमको विकास गरी उदीयमान तथा स्थापित विद्वानहरूको समेत वृत्तिविकासमा थप दिशानिर्देश गर्ने उद्देश्यले यो तालिम दिइएको कार्यक्रम संयोजक मोहन सुवेदीले बताए ।

तालिममा अनुसन्धानको एजेन्डा तथा त्यसको सामाजिक प्रभाव, प्रस्तुतिमा बहुुभाषिक बहुआयामिक प्रखरताका साथै आ–आफ्नो विधा र रुचिअनुसार नयाँ अवसरको सिर्जनासमेत गर्ने लगायतका विषय तालिममा समावेश गरिएको थियो । तालिमका लागि एक सय ५० जनाले आवेदन दिएकामा प्रस्तावना लेखाइको आधारमा सय जना मात्रै छनोट गरिएको संयोजक सुवेदीले जानकारी दिए ।

उनका अनुसार चारहप्ते कार्यशालामध्ये पहिलो कार्यशाला, कुनै उदीयमान विज्ञले आफ्नो खोज अनुसन्धानको बौद्धिक र विधागत मुद्दा वा उद्देश्यलाई विकास गर्ने क्रममा सामाजिक उद्देश्य र न्याय समेतलाई कसरी ख्याल गर्न सकिन्छ भन्नेबारे अध्ययन र अभ्यास गराउनमा केन्द्रित थियो । दोस्रो कार्यशालामा अनुसन्धान र बौद्धिक कर्मलाई सामाजिक न्यायसँग जोड्न र रूपान्तरण गर्न केवल जर्नलमा आर्टिकल लेख्ने र प्राज्ञिक सम्मेलनमा पेपर प्रस्तुत गर्ने काम गरेर मात्र पुग्दैन भन्नेमा आधारित रहेको सुवेदीले प्रष्ट पारे ।

यसैगरी, तेस्रो कार्यशालामा त्रिविले विगतमा विकास गरेका सेमेस्टर प्रणालीसम्बन्धी सामग्री लिएर अभ्यास गरिएको उनले जानकारी दिए । चौथो र अन्तिम कार्यशाला ‘वृत्तिविकासका नयाँ अवसर’ बारे थियो, जसमा प्राज्ञिक खोज–अनुसन्धानका लागि अनुदान, विज्ञवृत्ति वा छात्रवृत्ति कसरी खोज्ने, र आफूले समाजमा गरेका बौद्धिक योगदानलाई उपयुक्त वेबसाइटमार्फत सम्बन्धित सरोकारवालाहरूसँग कसरी जोडिने भन्ने तीनवटा उपायहरूलाई समेटिएको सुवेदीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथिको रूपमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मरराज जोशी रहेका थिए । यसैगरी, कार्यक्रममा मध्यपश्चिम विश्वविद्यलयका रजिस्टार प्रा.डा. नारायण पौडेल, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकर भण्डारी, त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिव भुसाल डिनहरू क्रमशः प्रा.डा. बिनिल अर्याल, प्रा.डा. कुसुम शाक्य, प्रा.डा. दिव्या सिंह शाह र आरडीईसीका निर्देशक प्रा.डा. गंगाराम गौतमलगायतको उपस्थिति रहेको थियो ।

यो पनि

१५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुचारु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested