English

दैनिक मेथीको सेवनले पाउनुहोस् यस्ता लाभ



वरिष्ठ आयुर्वेद विज्ञ डा. श्यामबाबु यादव

नेपालीहरूको भान्सामा सजिलै पाइने चीजहरूमा मेथीको दानाको पनि पर्छ । तरकारीको स्वाद बढाउनदेखि अन्य विभिन्न कुरामा हामी मेथीको प्रयोग गर्छौं । यो स्वादमा तितो हुन्छ, तर स्वास्थ्यको लागि ठूलो वरदान हो । मोटोपना घटाउनदेखि महिनावारीको पेट दुखाइ हटाउनसम्म मेथीले महत्वपूर्ण भूमिका खेल्छ ।

मोटोपना कम गर्न

मोटोपना कम गर्न संघर्ष गरिरहेका मानिसहरूले तुरुन्तै मेथीको सेवन शुरु गर्नुपर्छ । मेथीमा प्राकृतिक घुलनशील फाइबर हुन्छ, जसले पेट लामो समयसम्म भरिएको महसुस गरायने हुँदा अनावश्यक चीजहरू खानबाट बच्न सकिन्छ । यसबाहेक मेथी बोसो घटाउन र मोटोपना घटाउन पनि निकै प्रभावकारी हुन्छ ।

एक चम्चा मेथीको दाना रातभर पानीमा भिजाउनुहोस् । यी दानाहरू बिहान खाली पेटमा चपाउनुहोस् । राम्रो परिणामको लागि, यी दाना भिजाइएको पानी पिउनुहोस् ।

महिनावारी दुखाइ कम गर्न

भिजेको मेथीको दाना चपाउँदा पीएमएस सम्बन्धित समस्याहरू कम गर्न मद्दत गर्छ । उदाहरणका लागि, मेथीको दानाले पेट दुख्ने र चिडचिडा मुडमा ठूलो राहत दिन्छ मेथीमा डाइओजेनिन र आइसोफ्लाभोन्स जस्ता तत्वहरूले एस्ट्रोजेन हार्मोनलाई समान फाइदाहरू प्रदान गर्दछ ।

महिनावारीको समयमा मेथी खानुहोस्, तपाईको पाँच दिन सजिलै बित्नेछ ।

आइरनको कमीमा मेथी

यो एक सर्वविदित तथ्य छ कि विशेषगरी, यौवन, गर्भावस्था र स्तनपानको समयमा पुरुषहरूभन्दा महिलाहरूमा आइरनको कमी धेरै हुन्छ । जीवनको यी महत्वपूर्ण चरणहरूमा आहारमा मेथी समावेश गर्दा, आवश्यक आइरनको कमी हुँदैन । मेथीमा प्रशस्त मात्रामा आइरन सप्लिमेन्ट पाइन्छ ।

मधुमेहमा पनि मेथी उपयोगी

मेथीको दानाले रगतमा चिनीको मात्रा धेरै प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छ । मेथीको दानामा ‘ग्यालेक्टोमनन’ नामक प्राकृतिक घुलनशील फाइबर हुन्छ, जसले रगतमा चिनीको अवशोषणलाई कम गर्छ र रगतमा चिनीलाई नियन्त्रणमा ल्याउँछ । यी दानाहरूमा आवश्यक एमिनो एसिडहरू हुन्छन्, तत्वहरू जस्तै, ‘द–हाइड्रोक्सी’, ‘आइसोल्युसिन’ आदि । यी तत्वले इन्सुलिन उत्पादनमा मद्दत गर्दछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested