English

संगीतमा दंग ज्येष्ठ नागरिक



युवा भविष्यको खोजीमा सहर पसिरहँदा वृद्धाश्रम जस्तै बनेको गाउँहरूलाई केही रमाईलो तथा उल्लासमय बनाउनको लागि भूमिकास्थान नगरपालिकाले भजनकृतन सामग्री हस्तान्तरण गरेपछि खिमबहादुर केसी दंग छन् ।

‘अब त गाउँ रमाइलो हुन्छ,’ नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्षसमेत रहेका केसीले भने, ‘दिनभर कहाँ पुगेर समय कटाउने भन्ने चिन्ता हुन्थ्यो, अब केही सजिलो हुने भयो ।’

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले हरेक वडाहरूमा वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरी बाँसुरी, मजुरा, मादल लगायतका सामग्रीहरू वितरण गरेपछि दिनभर टोलाएर बस्ने वृद्धवृद्धाहरूमा केही खुसीको राहत पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

‘वृद्धाअवस्थामा एक्लै रहने ज्येष्ठ नागरिकहरूको सक्रिय जीवनयापनको लागि सहयोग होस् भन्नका लागि भजनकृतन सामग्री हस्तान्तरण गरेका हौं’, थापाले भने, ‘अब टोलटोलमा बुवा आमाहरू भेला हुनुहुनेछ, अनि नाचगान रमाइलो गर्नुहुनेछ ।’

‘गाउँहरूमा बुढाबुढीमात्र हुनुहुन्छ । दिनभर कहाँ गएर भुल्ने भन्ने समस्या छ,’ भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले भने, ‘एक्लै हुँदा वृद्धवृद्धामा आउन सक्ने स्वास्थ्य समस्या कम गर्नका लागि पनि यी सामग्रीहरू दिइएको हो ।’

‘वृद्धाअवस्थामा एक्लै रहने ज्येष्ठ नागरिकहरूको सक्रिय जीवनयापनको लागि सहयोग होस् भन्नका लागि भजनकृतन सामग्री हस्तान्तरण गरेका हौं’, थापाले भने, ‘अब टोलटोलमा बुवा आमाहरू भेला हुनुहुनेछ, अनि नाचगान रमाइलो गर्नुहुनेछ ।’

नगरपालिकाले खिमबहादुर केसीको अध्यक्षतामा नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा खिमबहादुर चुदाली, सचिवमा तारा बेल्वासे, कोषाध्यक्षमा पार्वता शारु लगायत छन् ।

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र