English

यसरी गरौं इलेक्ट्रिक चुलाेकाे छनाेट



हरेक मान्छे आफूलाई नयाँ नयाँ प्रविधिसँग अपडेट गराउन चाहन्छ । अहिले सरकारले विद्युतीय सामग्रीहरूमा सहुलियत कार्यक्रम ल्याएसँगै उपभोक्ताहरूको पनि यसमा रुचि बढेको छ । हालै पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य वृद्धि भएसँगै विद्युतीय चुलोमा सर्वसाधाहरूको झनै चासो बढेको हो । नेपाल विद्युत् प्राधिकरणले समेत विद्युत्को आन्तरिक खपत बढाउन सहुलियत कार्यक्रम ल्याएको छ । त्यसैले, तपाईं पनि विद्युतीय चुलो किन्ने सोचमा हुनुहुन्छ । तर, कस्तो चुलो किन्ने ? कति मुूल्य पर्छ ? भन्ने विषयमा अनविज्ञ हुनुहुन्छ भने विद्युतीय चुलो चुलो किन्दा ध्यान दिनुपर्ने कुराहरू यसप्रकार छ ।

चुलो किन्दा के–के कुरामा ध्यान दिने

किन्दा विशेषगरी चुलाेकाेको ब्रान्ड, गुणस्तर, वारेन्टी, सर्भिस सपोर्ट लगायतका विषयमा ध्यान पुर्याएर मात्र किन्नुपर्ने सिटी इलेक्ट्रोर्निक्सका सञ्चालक अर्जुन प्रधानले बताए । ‘बजारमा इन्फरेड र इन्डक्सन गरी दुई प्रकारका विद्युतीय चुलोहरू उपलब्ध छन् ।’ उनी भन्छन्– ‘इन्फारेडमा सबै प्रकारका भाडाहरू प्रयोग गर्न मिल्छ भने इन्डक्सनमा इन्डक्सन बेस भाडाहरू मात्र प्रयोग गर्न मिल्छ ।’

इन्फ्रारेन्ड
इन्फ्रारेन्ड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि यस्को काम गर्ने शैली भने फरक रहेको बाल्ट्रा इलेक्ट्रोनिक्स डिलरकी सञ्चालीका सुशिला माल्वाले बताइन् । ‘यसमा ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरी खाना पकाउन सकिन्छ ।’ उनी भन्छिन् ‘इन्डक्सन चुलोमा भने खाना पकाउन विशेष प्रकारका भाँडा आवश्यक पर्छ ।’

इन्डक्सनको तुलनामा यो चुलो अलि महँगो हुने भएकोले र यस्ले हिटरको जस्तो काम गर्ने भएकोले बजारमा यसको माग र बिक्री कम हुने गरेको उन्ले बताइन् । इन्फारेड चुलोको पावर रेट २००० वाट हुन्छ । यस्ले विद्युतीय खपत पनि धेरै गर्ने भएकोले इन्डक्सन चुलो नै बढी बिक्री हुने गरेको उनले बताइन् ।

इन्डक्सन
इन्डक्सन चुलोमा ताप सबैतिर समानरूपमा जाने भएकाले ग्यासको तुलनामा इन्डक्सन चुल्होमा छिटो खाना पाक्छ । यसले धेरै ताप फाल्दैन ग्यासको तुलनामा यो एकदमै सुरक्षित पनि हुने सिजी इलेक्ट्रोनिक्स कीर्तिपुर साखाका बिक्रेता जोनिश शाहीले बताए । त्यसमा प्रयोग गरिने भाँडा इन्डक्सन बेस नै हुनुपर्छ । बजारमा इन्डक्सन चुल्होमा प्रयोग हुने कुकर, कराई र प्यानहरू उपलब्ध छन् । ग्यासको तुलनामा इन्डक्सन चुल्हो सरल, स्वस्थ्यकर र छिटो पाक्ने हुनाले यसको सही उपयोग गरेर लाभ लिन सकिन्छ । इन्डक्सन चुल्हो प्रयोग गर्नका लागि न्यूनतम १६ एम्यियरको पावर बोर्ड आवश्यक पर्छ । यस्तै २००० वाट बराबरको करेन्ट चाहिने शाहीले बताए ।

बाल्ट्रा कम्पनीको इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । इलेक्ट्रोन ब्रान्डको इन्डक्सन ४५ सयदेखि पाँच हजार रुपैयाँमा आउँछ । यस्तै, भारतीय ब्रान्ड प्रेस्टिजको इन्डक्सन ५ हजार देखि ७ हजार ८ सय रुपैयाँसम्म आउँछ ।


२००० मूल्यदेखि ९००० मूल्य सम्मको इन्डक्सन बजारमा

व्यवसायीहरूका अनुसार, बजारमा २ हजार रुपैयाँदेखि नौ हजार रुपैयाँसम्मका इन्डक्सन चुलो उपलब्ध छन् । अहिले नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका इन्डक्सन चुलो आउने गरेको छ । नेपाली बजारमा उपलब्ध इन्डक्सन चुलोमध्ये धेरैजसो चिनियाँ र भारतीय ब्रान्डका छन् । केही युरोपेली ब्रान्डका इन्डक्सन पनि पाइन्छ । कम्पिनी र ब्रान्डअनुसार चुलोको मूल्य फरक रहेको जोनिस शाहीले बताए ।


बाल्ट्रा कम्पनीको इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । इलेक्ट्रोन ब्रान्डको इन्डक्सन ४५ सयदेखि पाँच हजार रुपैयाँमा आउँछ । यस्तै, भारतीय ब्रान्ड प्रेस्टिजको इन्डक्सन ५ हजार देखि ७ हजार ८ सय रुपैयाँसम्म आउँछ । बिजुलीबाटै चल्ने इन्फारेड चुलोको मूल्य भने सामान्य इन्डक्सन चुलोको भन्दा केही बढी छ । एकमुखे इन्फ्रारेड चुलो ४५ सय रुपैयाँ र डबल इन्फ्ररेड चुलोको मूल्य ९ हजार रुपैयाँ पर्छ ।

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested