English

शिवलिङ्ग ढोग्न निहुरिँदा जसको प्राण गयो !



महाशिवरात्रीको दिन जब मानिस पूजा गर्नका लागि लाइन लागेर शिवलिङ्गको दर्शन गर्न झुकिरहेका थिए । तब एउटा अनौठो घटना भयो । आशिर्वाद लिन शिर निहुराएकी एक वृद्धाले कहिल्यै टाउको उठाउन सकिनन् ।

यो घटना भारतको गोरखपुर, हैरया गाउँको हो । जहाँ महाशिवरात्रीको दिन एक ६० वर्षीया महिला शिवलिङ्ग ढोगेर आशिर्वाद लिन निहुरिएकी थिइन् । तर उनको शिर सधैँका लागि निहुरियो । उनले त्यहीं प्राण त्याग गरिन् ।

उनी महाशिवरात्रीको दिन आफ्ना श्रीमानसँग शिवमन्दिर गएकी थिइन् । मन्दिर गएर उनले दर्शनका लागि शिर झुकाइन् । सोही बेला उनी अचेत भइन् । अचानक नजिकै रहेको अस्पतालमा लग्दा डाक्टरले उनलाई मृत घोषित गरेको थियो ।

यो भन्दा अगाडि पनि २०२० मा पूर्व कांग्रेस विधायक उद्योगपति विनोद डागा मन्दिरमा पूजा गर्न गएका थिए । जब उनले दर्शनका लागि शिर झुकाए, तब उनको पनि मृत्यु भएको थियो । यसको भिडियो सिसिटिभी फूटेजमा देखिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested