English

वर्षा र हिमपातको सम्भावना कायमै



आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन महाशाखाका मौसमविद्ले गरेका हुन् ।

यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले केहि ठाउँमा आंशिक वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ ।

आज प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ भने शुक्रबार गण्डकी र प्रदेश १का केहि स्थानमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ ।

यो पनि…
झरी परेको दिन (फोटो फिचर)

वर्षा र हिमपात : दैनिक जीवनशैली प्रभावित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested