English

यी हुन् महादेवको ताण्डव नृत्यका रहस्य !



ताण्डव शब्द भगवान् शिवसँग जोडिएको छ । ताण्डवको अर्थ हुन्छ, उग्र वा स्वच्छन्द क्रियाकलाप । ताण्डव महादेवद्वारा गरिने अलौकिक नृत्य हो ।


१. ताण्डवका प्रवर्तक शास्त्रका अनुसार शिवजीलाई नै ताण्डव नृत्यका प्रवर्तक मानिन्छ । तर अन्य काव्य ग्रन्थमा दुर्गा, गणेश, भैरव, श्रीराम आदिका ताण्डवको उल्लेख गरिएको छ ।


२. रावणले आफ्ना आराध्य महादेवको स्तुतिमा शिव ताण्डव स्तोत्रको रचना गरेका थिए । यो बाहेक आदि शंकराचार्यद्वारा रचित दुर्गा ताण्डव, गणेश ताण्डव, भैरव ताण्डव एवम् श्रीभागवतानन्द रचित श्री राघवेन्द्रचरितममा राम ताम ताण्डव स्तोत्रको पनि उल्लेख गरिएको छ ।


३. ताण्डव नृत्य


मान्यता छ कि रावणले भवनमा पूजा सकिएपछि शिवजीले, महिषासुर मारेपछि दुर्गाले, गजमुखको पराजयपछि गणेशजीले, व्रह्माको पाँचौँ मुख काटेपछि आदि भैरवले र रावणको मृत्युपछि आदि भैरवले ताण्डव नृत्य गरेका थिए ।


४. वनस्पति शास्त्रका अनुसार एक घाँसलाई पनि ताण्डव भनिएको छ ।
भनिन्छ, भगवान् शिवले यी दुई बेलामा ताण्डव नृत्य गर्छन् । पहिलो क्रोधित भएका बेला र दोश्रो डमरु बजाएका बेला । शिवले गरेको यो ताण्डव रूपलाई नटराज भनिन्छ ।


केहीले भने शिवले ताण्डव गरेर सारा सृष्टि नष्ट गरिदिएको मान्यता राख्छन् । त्यस्तै अर्को मान्यताअनुसार भगवान् शिवले जब हिमालयमा ज्ञान प्राप्त गरे तब, ताण्डव नृत्य गरेको बताइएको छ । उनले आनन्दमा गरेको नृत्यलाई पछि ताण्डव भनिएको पनि केहीले बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested