English

आलुमा छ, सौन्दर्यता बढाउने गुण



धेरैले आलुलाई तरकारीको स्वाद बढाउन मात्र भान्छामा प्रयोग गर्दै आएका छन् । आलुले तरकारीको स्वाद बढाएजस्तै यसलाई फरक तरिकाले नियमित प्रयोग गर्ने हाे भने यसले सौन्दर्यता समेत बढाउछ । आलुमा रहेका विभिन्न गुणहरूले छालाको सुरक्षा गर्नुका साथै छालामा हुने समस्यालाई पनि समाधान गर्छ ।

आलुमा पोटासियम, म्याग्नेसियम, फस्फोरस, अमिनो एसिड र प्रोटिन जस्ता विभिन्न तत्त्वहरू रहेको हुन्छ । यी तत्त्वहरूले तपाईँको अनुहारलाई सुन्दर र आकर्षक बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ समेत बनाउँछ ।

आलुको नियमित प्रयोगले अनुहारमा देखिने यी समस्याहरूलाई समाधान गर्छ ।

– दाग धब्बाको समस्या
– ब्ल्याकहिड्सको समस्या
– डन्डिफोरको दाग धब्बा
– डन्डिफोर आउन रोक्छ
– अनुहारको छाला कसिलो बनाउन
– आँखाको वरिपरिको कालो दाग धब्बा हटाउन
– छालालाई मुलायम बनाउन
– छालालाई गोरो चम्किलो बनाउन

डन्डिफोरको दाग हटाउन

अनुहारमा डन्डिफोरको दाग–धब्बा छ भने एउटा आलुलाई धोएर पातलो पेस्ट हुने गरेर पिस्नुहोस् र पुरै अनुहार र गर्दनमा लगाएर १० मिनेट मसाज गर्नुहोस् । त्यसपछि ५ मिनेट त्यसलाई त्यतिकै छोडेर चिसो पानीले पखाल्नुहोस् । अनुहारमा आलुको प्रयोग गरेपछि फेसवासको प्रयोग गर्नु हुँदैन । छिटो रिजल्ट पाउनको लागी यो उपाय दिनमा दुई पटक गर्नुहोस् ।

ड्राइ छालालाई नरम बनाउन

रुखो छालालाई नरम बनाउन आलुको प्रयोग गर्न सकिन्छ । यसको लागी आलुलाई पिसेर पेस्ट बनाउनुहोस् र त्यसमा यी कुराहरू मिसाउनुहोस्
– २ थोपा ग्लिसरीन
– २ थोपा गुलाब जल
– आधा चम्चा चामलको पिठो
– आधा चम्चा मह

तयारी पेस्टलाई छालामा लगाएर २० मिनेटका लागी छोड्नुहोस् र सफा पानीले धुनुहोस् । तपाईँले यो प्याक हप्तामा एक पटक लगाउनु भयो भने छालामा आएको फरक आफै महसुस गर्नु हुनेछ ।

यदि सही तरिका र नियमित रूपमा अनुहारमा आलुको गुदी र आलुको रस प्रयोग गर्नुभयो भने तपाईँको माथि उल्लेखित सबै समस्याहरूबाट मुक्त हुनु हुनेछ ।

अनुहारको चाउरिपना र डार्क सर्कल हटाउन

अनुहारको चाउरिपना कम गर्नका लागी आलुलाई पिस्नुहोस् र पिसिएको आलुमा
– एक चम्चा पिसेको चुकन्दर
– आधा चम्चादही
– आधा चम्चा बदामको तेल

यी सबैलाई मिसाएर पेस्ट बनाउनुहोस् । तयारी पेस्टलाई अनुहारमा लगाएर २० मिनेटका लागी छोड्नुहोस् र धुनुहोस् । तपाई यो पेस्टलाई दैनिक प्रयोग गर्न सक्नुहुन्छ । यो पेस्टले तपाईँको चाउरिपना सँगसँगै अनुहारलाई प्राकृतिक रूपमा गोरो पनि बनाउँछ ।



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested