English

शरीर दुख्ने समस्या कम गर्ने ४ घरेलु उपाय



एउटै ठाउँमा लगातार काम गर्दा शरीर र मांसपेशीमा दुखाई महसुस हुन्छ । कहिलेकाहीँ शारीरिक रूपमा सक्रिय नहुनाले पनि शरीर दुख्न थाल्छ । शरीर दुख्ने धेरै कारण हुन सक्छन् जस्तै थकान, कमजोरी, व्यायाम नगर्नु, एकै ठाउँमा बस्नु वा अन्य कुनै रोग । अक्सर मानिसहरू शरीर दुखाइ कम गर्नको लागि पेन किलर  सेवन गर्छन् । पेन किलरको प्रयोगबाट पनि साइड इफेक्ट हुन्छ । त्यसैले निम्न घरेलु उपाय अपनाएर शरीर दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ:

शरीरको दुखाई कम गर्ने ४ घरेलु उपाय 
– एप्पल साइडर भिनेगरको सेवनले शरीरको दुखाइबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–माइक्रोबियल गुणहरू हुन्छन्, जसले कुनै पनि प्रकारको दुखाइलाई हटाउँछ । एक गिलास तातो पानी लिनुहोस् ।  यसमा एक चम्चा एप्पल साइडर भिनेगर, एक चम्चा मह मिसाउनुहोस् । यसको सेवनले दुखाईमा आराम मिल्छ ।

– अदुवामा एन्टी इन्फ्लेमेटरी, एनाल्जेसिक तत्त्व हुन्छ, जसले शरीरको दुखाइ, सुन्निने समस्यालाई कम गर्न मद्दत गर्छ ।  भाँडामा एक कप पानी हाल्नुहोस् । यसमा अदुवाका केही टुक्राहरू हालेर उम्लिन दिनुहोस् ।  यसलाई छान्नुहोस् र तातै पिउनुहोस् ।  चियामा अदुवा मिसाउँदा पनि दुखाईमा आराम मिल्छ ।

– तोरीको तेल तताएर पुरै शरीरमा मालिस गर्नाले पनि दुखाइबाट आराम मिल्छ ।  यसले रक्तसञ्चार सुधार गर्छ । सुन्निने समस्या कम गर्न तोरीको तेलले मालिस गर्नु राम्रो हुन्छ । तोरीको तेललाई मनतातो गरी शरीरमा मालिस गर्ने । तेलमा केही लसुनको पोटी, ओरेगानो मिसाएर पनि मसाज गर्न सकिन्छ । मसाज गरेको आधा घण्टापछि नुहाउने । 

– कहिलेकाहीँ खानामा आवश्यक भिटामिन र खनिजको कमीले पनि शरीर र मांसपेशी दुख्ने गर्छ ।  मांसपेशी स्वस्थ राख्न भिटामिनको सेवन आवश्यक छ ।  भिटामिन बी १, डी र ई को कमीले पनि स्नायु, मांसपेशीमा क्षति पुर्याउन सक्छ ।  यसले शारीरिक कमजोरी र पीडा निम्त्याउँछ ।  यस्तो अवस्थामा खानामा भिटामिन युक्त चीजहरू समावेश गर्नुहोस् । 

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested