English

किम जोङ इलको १०औँ वार्षिकीः ११ दिनसम्म सर्वसाधारणलाई नहास्न उर्दी



उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ ।

किम जोङ उनले सत्ता सम्हालेको १०औँ वर्ष मनाइरहेका बेला उनका बाबुको १०औँ वार्षिकीका अवसरमा सर्वसाधारणलाई विभिन्न प्रतिबन्ध लगाइएको छ ।

सरकाले उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म हाँस्न र पिउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले इलको मृत्युको वार्षिकी मनाइरहेका बेला सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन दिइएको सरकारी अधिकारीले जनाएका छन् ।

किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका थिए । अहिले इलको मृत्यु भएको १० वर्षपछि उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म शोक मनाउन र खुसीयाली व्यक्त नगर्न निर्देशन दिइएको छ ।

‘शोकको समयमा हामीले मदिरा पिउन वा हाँस्न र अन्य रमाइला कार्यक्रममा रमाउन हुँदैन,’ उत्तर पूर्वी सहर सिनउजुका एक सर्वसाधारणले रेडियो फ्रि एसियालाई भने । इनको मृत्यु भएको दिन १७ डिसेम्बरमा उत्तर कोरियालीलाई किराना पसलमा जानसमेत रोक लगाइएको छ ।

यसअघि वार्षिकीमा मदिरा पिउने वा खुसी मनाउने कार्यक्रममा संलग्न व्यक्तिलाई सरकारले पक्राउ गरेको थियो । अहिले त्यस्तो नहोस् भनेर सरकारले प्रतिबन्ध लगाएको अधिकारीहरूले बताएका छन् ।

किम जोङ इलको सन् २०११ को १७ डिसेम्बरमा हृदयघात कारण ६९ वर्षको उमेरमा निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानासाही सत्ता चलाएका थिए ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested