English

प्रतिस्पर्धी सुन्दरीमा कोरोना देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित



कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँ प्रतिस्पर्धीलाई कोरोना सङ्क्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापनअघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ ।

समाचारअनुसार प्रतियोगितामा सहभागी १७ प्रतिस्पर्धीमा कोरोना पजिटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार सङ्क्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरूका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जस कारण कोरोना सङ्क्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

आयोजकले आगामी ९० दिनभित्र अहिलेकै स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगीहरू र सम्बन्धित कर्मचारीहरूलाई एकान्त वास र निगरानीमा राखिएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूको मन्जुरीपछि उनीहरूलाई घर फर्कन अनुमति दिइने बताइएको छ । आयोजकले प्यूर्टो रिको स्वास्थ्य विभागसँग परामर्श गर्न भायरोलोजिस्ट र चिकित्सकहरूसँग बैठक बसेर प्रतियोगिता स्थगितको निर्णय लिएको हो ।

यो पनि पढ्नुहोस्
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested