English

नेप्सेमा सामान्य अंकको गिरावट



साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ । बुधबार सेयर बजार चार दशमलव २३ अंकले घटेर दुई हजार चार सय १४ दशमलव ६२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

बजारमा २२८ वटा कम्पनीको ९८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५८ करोड रुपियाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । बैंकले १६ करोड ५८ लाख रुपियाँ बराबरको सेयर कारोबार गरेको छ ।

नेप्सेका अनुसार ९० वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सातवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बैंक, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टिप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनीलगायतको सेयर मूल्य बढेको छ । त्यस्तै, सबैभन्दा मूल्य घट्ने कम्पनीहरूमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्सलगायत छन् ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested