English

महिलालाई नेतृत्वमा पुग्नै सकस



नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा कांग्रेस गुल्मीकी निर्वतमान सचिव हुन । उनले सचिव पछि जिल्ला सभापतिकै आकांक्षा राखेकी थिइन । आफ्नो उम्मेदवारीसमेत घोषणा गरेकी उनले अन्तत सभापति छोडेर प्रदेश सदस्यमा उम्मेद्वारी दिइन ।

प्रदेशको निर्वाचनमा पनि जिल्लातर्फको महिला कोटाबाट उम्मेद्वारी दिइन। “जिल्ला सचिव भएको बेला राम्रो काम गरेकी थिएँ, मेरो सक्रियता पनि थियो”, उनले भनिन्, “सभापति भएर काम गर्छु भन्ने थियो तर सम्भव भएन ।” पार्टीको जिल्ला बैठकमा आफ्नो नाम सभापतिका लागि सिफारिस नहुँदा दुःख लागेको सापकोटाको भनाइ छ । दुई उपसभापतिको व्यवस्था भए पनि जिल्ला वा पालिकामा एक जना महिला पनि उपसभापतिसम्म आउन नसक्नु सिङ्गो पार्टी नेतृत्वकै कमजोरी भएको उनी बताउँछिन् । 

यस्तै मदाने गाउँपालिकाकी उपाध्यक्ष एवं नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सरिता खड्काले एमालेबाट पालिका अध्यक्षका लागि उम्मेद्वारी दिएकी थिइन । अन्ततः ‘एक व्यक्ति एक पद’ को अवधारणा आएपछि उनलाई अध्यक्ष बन्नै दिइएन । “एक व्यक्ति एक पदको कुरा आएपछि मलाई उम्मेद्वारी फिर्ता गर्न बाध्य बनाइयो”, खड्काले भनिन्, “चुनावमा गएको भए उम्मेद्वारी कायमै रहन्थ्यो ।” पुरुष प्रधान समाजमा महिला राजनीतिमा अगाडि आउनै नसकेको उनले उल्लेख गरिन ।

कांग्रेस र एमालेमा मात्र होइन, नेकपा (माओवादी केन्द्र)मा पनि अवस्था उस्तै छ । धुर्कोट गाउँपालिकाकी कार्यपालिका सदस्य कमला घर्तीले पार्टीको धुर्कोटको सचिवमा दाबी गरिन । “खटनपटनमा गाह्रो हुन्छ भन्दै धेरैले सम्झाउन खोजे, मैले हिम्मत हारिन”, उनले भनिन्, “महिलालाई सामाजिक रुपमा पछाडि पार्ने वर्षौँदेखिको चलन हो ।” हिम्मत नहारेकै कारण आफू सचिव बन्न सफल भएको उनको भनाइ छ । पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि पूरा गर्नसक्ने घर्तीको भनाइ छ । 

नेकपा (माओवादी केन्द्र)को रेसुङ्गा नगरकमिटीकी अध्यक्ष गीता थापा भने आफूमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउँछिन् । उनले भनिन्, “महिलाले समाजका साथसाथै घर पनि सम्हाल्नुपर्ने हुनाले केही कठिनाइ छ ।” 

कांग्रेसको भर्खरै सम्पन्न निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा खुल्ला कोटाबाट २० जना निर्वाचित भएपनि एउटा महिला अटाउन सकेनन् । महिला कोटाबाट आठ तथा खसआर्य महिला कोटाबाट ६ जना बाहेक अन्य पदमा महिलाले स्थान पाउनै सकेनन् । कांग्रेसको जिल्ला पदाधिकारीका लागि २५ जना निर्वाचनमा होमिएकामा सबै पुरुष छन् । प्रमुख पद सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्षमा महिला अटाएका छैनन् । जिल्लाका १२ वटै पालिका मध्ये कांग्रेसबाट उपसभापतिमा पार्वता कुँवर र रेसुङ्गा नगरपालिकामा उपसभापतिमै सावित्रा भण्डारीबाहेक अन्य पालिकामा महिलालाई कांग्रेसले स्थान दिएको छैन । 
 
 नेकपा (एमाले)को पालिका अधिवेशनअन्तर्गत केन्द्रीय प्रतिनिधिका लागि गुल्मीमा २१ जनाको कोटा थियो । महिलातर्फ चार र दलित महिलातर्फ एक जनाको कोटा थियो । एमालेले पनि महिलालाई कोटामा मात्रै सीमित राखेको छ । महिला कोटाबाट सीता भुसाल, नर्मदा भण्डारी, लक्ष्मीदेवी पन्थ र ललिता गौतम प्रतिनिधि थिए भने दलित महिलातर्फ जुना विश्वकर्मा प्रतिनिधि थिइन् । एमालेको जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवमा सबै पुरुष मात्र छन् । एमालेको केही समय पहिले सम्पन्न पालिका अधिवेशनमा कुनै पनि कमिटीमा अध्यक्ष, सचिवलगायत मुख्य भूमिका हुने पदमा महिलाले स्थान पाउन सकेका छैनन् । 

अधिवक्ता एवं महिला अधिकारकर्मी हीरा कुँवर समाजमा पितृसत्तात्मक सोच हावी भएकाले महिला अगाडि आउन नसकेको बताउँछिन्। दलमा पनि कार्यकारी पद नभएर उपाध्यक्ष, सहसचिव जस्ता कम भूमिका हुने पदमा राखेको कुँवरको भनाइ छ ।

एमालेको ४५ सदस्यीय जिल्ला कमिटी सचिवालय सदस्यमा पाँच मात्रै महिला रहेका छन्। अहिले माओवादीको जिल्ला कमिटी जिल्ला समन्वय समितिमा रूपान्तरण भएको छ । संयोजकसमेत १९ जनाको सचिवालय छ । सचिवालयमा तीन जना मात्रै महिला छन् । माओवादी केन्द्रको प्रदेश प्रतिनिधि चुनिएका मध्ये पनि आधिकांश पुरुष छन् । माओवादी केन्द्रले सदरमुकाम रेसुङ्गा नगरपालिकामा महिलालाई अध्यक्ष बनाएको छ । पार्टीको धुर्कोट गाउँपालिकामा सचिव र कोषाध्यक्ष महिला छन् । अन्य पालिकाका पार्टी कमिटीमा प्रमुख पदमा महिला आउन सकेका छैनन् । माओवादी केन्द्रले २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा महिलालाई अध्यक्ष र पुरुषलाई उपाध्यक्षको उम्मेदवार बनाएको थियो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख  दलहरूले पालिका अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उम्मेद्वार बनाएका थिए । माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको धुर्कोटमा माओवादी केन्द्रबाट अध्यक्ष र कांग्रेसबाट उपाध्यक्ष दुवै पुरुष उम्मेद्वार थिए । आगामी निर्वाचनमा पनि महिला उपाध्यक्षमै सीमित हुने देखिएको छ । 

अधिवक्ता एवं महिला अधिकारकर्मी हीरा कुँवर समाजमा पितृसत्तात्मक सोच हावी भएकाले महिला अगाडि आउन नसकेको बताउँछिन्। दलमा पनि कार्यकारी पद नभएर उपाध्यक्ष, सहसचिव जस्ता कम भूमिका हुने पदमा राखेको कुँवरको भनाइ छ । अरुलाई नेता बनाउन माध्यम बनेको तर आफू नेता बन्न नसक्नु महिलाको दुःखद पक्ष रहेको उनी बताउछन । नेकपा एमाले जिल्ला सचिव सोमनाथ सापकोटा महिलालाई राजनीतिक रुपमा अगाडि बढाउन  आफूहरू मानसिक  रूपमै तयार नभएको उनी स्विकार्छन् । “दल र समाज मानसिक  रूपमै तयार भएका छैनन्, “महिला कोटामै सीमित हुनुपरेको छ ।” महिला सहभागिता बढाउँदै लैजानुपर्नेमा उनी जोड दिन्छन्  ।

यो पनि…
‘महिला हिंसा अन्त्य गर्न नाराबाजी हैन, धेरै काम’ (भिडियोसहित)
महिलाका लागि बिना धितो कर्जा लिन झन्झटिलो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested