English

विमा गरे जीवन हाइसुख्ख



भविष्यमा आइपर्ने जोखिम व्यवस्थापनका निम्ति विमा गरिन्छ । मान्छेको जीवन र भौतिक सम्पतिमाथि भविष्यमा आइपर्ने जोखिमलाई आर्थिक रुपले भार काम गर्ने प्रक्रियानै विमा हो । विमा भनेको दुई पक्ष (विमित र विमक) विचको आपसी करार पनि हो । जसमा विमितले विमाशुल्कको रुपमा निश्चित रकम भुक्तान गरे वापत विमकले विमितको सम्पत्तिको निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी विमा लेख जारी गर्दछ । कम्पनी अनुसार विमा प्रक्रिया फरक–फरक हुन्छन् । विमा रकम र समय अवधि अनुसार प्रिमियम फरक पर्छ । सोही अनुसार केही विमाको प्रिमियम यस्तो छ ।

जीवन विमा
जीवन विमा भन्नाले विमितले विमा कम्पनीसँग गर्ने एउटा करार हो । जीवन विमाका लागि ६५–७० वर्ष उमेर हद हुन्छ । यस बीमाको वचत र जोखिम व्यवस्थापन गर्नु हो । जोखिम व्यवस्थापन बीमा १ वर्ष देखि ५ वर्ष सम्म गरिन्छ । बचत गर्ने उद्धेश्यले गरिने बीमा ५ वर्ष भन्दा बढी समयको लागि गर्नुपर्ने महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीले जनाएको छ । जोखिम व्यवस्थापनको प्रिमियम काम र बचतको उद्धेश्यले गरिने विमाको प्रिमियम बढी लाग्ने हुन्छ । जीवन विमामा ५० हजारदेखि ५ करौड रुपिँया सम्मको विमा गर्न सकिन्छ ।

सवारी साधनको विमा
‘मोटर विमा दर सम्वन्धी निर्देशिका २०७३’ मा व्यवस्था भए अनुसार सवारी साधनको विमा गर्न सकिन्छ । नीजी सवारी साधन, व्यावसायिक सवारी साधनको विमा छुट्टाछुट्टै छ । सवारी साधनको विमा दुई प्रकारको रहेको शिखर इन्सुरेन्स कम्पनीले जनाएको छ ।

व्यापक विमा : व्यापक विमामा दुर्घटनाबाट हुने सवारी साधनको कुनै पनि प्रकारको भौतिक क्षतिको लागि विमाकर्तालाई क्षतिपूर्ति प्रदान गरिन्छ । यसमा मृत्यु वा शारीरिक चोटपटक अथवा सम्पत्तिको हानि तथा क्षतिका लागि तेस्रो पक्षलाई भुक्तान गरिने क्षतिपूर्ति पनि समावेश गरिन्छ । यो विमामा सवारी साधनको मूल्य र समय अवधि अनुसार प्रिमियम हुन्छ ।

तेस्रो पक्ष बीमा : बीमा गरिएको गाडीले तेस्रो पक्षको जीवन वा सम्पत्तिको हानि गर्छ भने विमाकर्ताले नोक्सानका लागि तेस्रो पक्षलाई क्षतिपूर्ति दिन्छ । नेपालमा तेस्रो पक्ष दायित्व विमा अनिवार्य छ । यस विमाको प्रिमियम निश्चित गरिएको हुन्छ । दुई पाँग्रे सवारी साधनको इन्जिन हेरेर एक हजार पाँच सयदेखि एक हजार नौ सय रुपिँयामा भ्याट र टिकट जोडिन्छ । चार पाँग्रे सवारी साधानको तीन हजार देखि छ हजार रुपिँया साधनको, सात सय प्रतिव्यक्ति, २० रुपिँया टिकट र भ्याट जोडेर विमा हुन्छ ।

कृषि बीमा (बाली/पशुपन्छि बीमा )
कृषकले लगाएको बाली, पालेका पशु, संचित खाद्यान्न,जडिबुडी लगायत कानूनले बर्जित गरेका बाहेक सबैको विमा हुने कृषि विभागका वरिष्ठ कृषि विस्तार अधिकारी शिव सुन्दर घिमिरे बताउँछन् । कच्चा उत्पादन लागत, उत्पादन र मौसम सुचाकंका आधारमा कृषि विमा गरिने नीति छ ।

ब्रोइलर कुखुराको विमा गर्दा १.२ प्रतिशत प्रिमियम लाग्ने हुन्छ । जुन आठ हप्तासम्म हुन्छ । उत्पादन लागत र उत्पादनमा आधारित विमाको प्रिमियम पाँच प्रतिशत लाग्ने र ४९ प्रकारका तरकारी बालीको प्रिमियम रेट सात प्रतिशत रहेको उनी बताउँछन् । मौसम सुचाकं विमा आठ प्रतिशत प्रिमियम हुन्छ । यसैगरी माछाको दुई र पशुपन्छिको पाँच प्रतिशत प्रिमियम लाग्छ ।

नेपाल सरकारले कृषकलाई ८० प्रतिशत अनुदान दिदै आएको छ । कुकुर र कालिजका लागि सरकारले अनुदान उपलब्ध नगराएको उनी बताउँछन् ।

सम्पत्ति वा घर विमा
कम्पनी वा सम्पत्ति विमाको नीति एउटै हुन्छ । एक करोड रुपिँया भन्दा कम सम्पत्तिको प्रति एक हजारमा ५० पैसा प्रिमियम लाग्छ । एक करोड रुपियाँभन्दा बढीको सम्पत्ति भएमा एक रुपिँया ५० पैसाको दरमा प्रिमियम लाग्ने हुन्छ ।

स्वास्थ्य विमा
स्वास्थ्य विमा स्वास्थ्य उपचारमा हुने खर्चको भारलाई अग्रिम व्यवस्थापन गरिन्छ । यो विमा गर्नका लागि व्यक्तिको उमेर र समय अवधि अनुसार स्वाथ्य प्रिमियम तोकिन्छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested