English

साताको पहिलो दिन : यस्तो छ विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ ९७ पैसा र बिक्री दर १२० रुपियाँ ५७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपियाँ ५७ पैसा र बिक्री दर १३६ रुपियाँ २५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपियाँ ३१ पैसा र बिक्री दर १६० रुपियाँ ११ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपियाँ ३३ पैसा र बिक्री दर १३० रुपियाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपियाँ ६१ पैसा र बिक्री दर ८५ रुपियाँ ४ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ४२ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ८९ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपियाँ ५९ पैसा र बिक्री दर १० रुपियाँ ६४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ८३ पैसा र बिक्री दर १८ रुपियाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपियाँ ९८ पैसा र बिक्री दर ३२ रुपियाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ७२ पैसा र बिक्री दर ३२ रुपियाँ ८८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपियाँ ५० पैसा रहेको छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested