English

श्री कृष्णका ८० पुत्रको रहस्य, यसरी सकियो यदुवंश !



महाभारतको युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । यो युद्धको ३५ वर्षपछि भगवान श्रीकृष्णले देह त्याग गरेका थिए । त्यही बेलादेखि कलियुगको आरम्भ भएको मानिन्छ । पुराणका अनुसार आठौँ अवतारका रूपमा विष्णुले यो अवतार आठौँ मनु वैवस्वत मन्वन्तरको अठ्ठाइसौँ द्वापरमा श्रीकृष्णको रूपमा देवकीको गर्भबाट आठौँ पुत्रको रूपमा मथुराको कारागारमा जन्म लिएका थिए ।

कृष्णको जन्म भाद्र कृष्णपक्षको रात्रीको ७ मुहूर्त सकिएपछि आठौँ मुहूर्तमा भएको थियो । त्यसबेला रोहिणी नक्षत्र र अष्टमी तिथि थियो । ज्योतिषीका अनुसार उनी राती १२ बजे शुन्यकालमा जन्मिएका थिए ।

कृष्णले आठ जना महिलासँग विधिवत विवाह गरेका थिए । उनीहरूबाट असी पुत्रको जन्म भएको थियो । आठ महिलालाई अष्टभार्या भनिन्छ । उनीहरूको नाम रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा थियो । रुक्मिणीबाट प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुदेश, सचारु, चरुगुप्त, भद्रचारु, चारुचन्द्र, विचारु र चारु पुत्र जन्मिए ।

त्यस्तै, जाम्बवन्तीबाट साम्ब, सुमित्र, पुरुजित, शतजित, सहस्त्रजित, विजय, चित्रकेतु, वसुमान, द्रविड र क्रतु तथा सत्यभामाबाट भानु, सुभानु, स्वरभानु, प्रभानु, भानुमान, चन्द्रभानु, वृहद्भानु, अतिभानु, श्रीभानु र प्रतिभानु पुत्र जन्मिए ।

कृष्णकी पत्नी कालिन्दीबाट श्रुत, कवि, वृष, वीर, सुबाहु, भद्र, शान्ति, दर्श, पूर्णमास र सोमक तथा मित्रविन्दाबाट वृक, हर्ष, अनिल, गृध्र, वर्धन, अन्नाद, महांस, पावन, वन्हि र क्षुधि जन्मिए ।

लक्ष्मणाबाट प्रघोष, गात्रवान, सिंह, बल, प्रबल, उर्ध्वग, महाशक्ति, सह, ओज र अपराजित, सत्याबाट वीर, चन्द्र, अश्वसेन, चित्रगुप्त, वेगवान, वृष, आम, शंकु, वसु र कुन्ति अनि भद्राबाट संग्रामजित, वृहतसेन, शूर, प्रहरण, अरिजित, जय, सुभद्र, वाम, आयु र सत्यकको जन्म भयो ।

कृष्ण कुलको नाश

गान्धारीको श्रापको कारण भगवान श्रीकृष्णको कुलको नाश भएको थियो । उल्लेखनीय यो छ कि, यदुवंशको नाश गान्धारीको श्रापका कारण मात्रै भएको भने होइन । मथुरा अन्धक संघको राजधानी थियो भने द्वारिका वृष्णीहरूको ।

यी दुवै यदुवंशका शाखा थिए । यदुवंशमा अन्धक, वृष्णी, माधव, यादव आदि वंश चलेको थियो । श्रीकृष्णले मथुराबाट गएर द्वारिकालाई आफ्नो स्थान बनाएका थिए । श्रीकृष्णले द्वारिका पुनः निर्माण गरेका थिए । किनभने उनी चीन जाँदा शिशुपालले द्वारिका नष्ट गरिदिएको थियो । श्रीकृष्ण वृष्णी वंशका थिए । वृष्णीलाई वार्ष्णेय भनियो, जो पछि वैष्णव धर्मले चिनियो ।

एकदिन सारण आदि किशोर जाम्वन्ती नन्दन साम्बलाई स्त्रीको भेषमा सजाएर द्वारका नजिक रहेको पिण्डारक क्षेत्रमा गए, जहाँ विश्वामित्र, असित, दुर्वार्सा, कश्यप, वशिष्ठ र नारद आदि ठूला ऋषिहरू मौजुद थिए । त्यहाँ गएर उनीहरूले यी बभ्रुकी श्रीमती भन्दै गर्भवती रहेको बताए । र, सोधे तपाईहरू सर्वज्ञ हुनुहुन्छ, के जन्मिन्छ भन्नुहोस् भन्दै प्रश्न गर्न थाले । ऋषिहरूसमक्ष यस्तो मजाक गर्नाले क्रोध उत्पन्न भयो । र, उनीहरूबाट यदुवंश नाश गर्न एक विशाल फलामको मुसल निस्किने श्राप दिए । त्यसपछि उनीहरू सबै डराए ।

महाभारतको युद्ध सकिएको छत्तीसौँ वर्ष चलिरहेको थियो । तब यदुवंशीलाई तीर्थयात्रा जान भनियो । सबैजना एकत्रित भए । तर केही कुरा नमिलेपछि उनीहरूबीच झगडा सुरु भयो । उनीहरू एकअर्कालाई मार्न थाले ।

श्रीकृष्णले हेर्दाहेर्दै साम्ब, चारुदेष्ण, प्रद्युम्न र अनिरुद्धको मृत्यु भयो । यसलाई मौसुल युद्ध भनिन्छ । यही युद्धमा यदुवंश सकिएको थियो । यो युद्ध कृत वर्माको अपमानका कारण सुरु भएको थियो ।

कृत वर्माले महाभारतको युद्ध लडेका थिए, जसमा जीवित रहेका १८ सदस्यमा उनी पनि एक थिए । उनले दुर्योधनको सहयोग गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested