English

महिनावारी कप भनेको के हो, कसरी गर्ने प्रयोग र के के छन् फाइदाहरु ?



महिनावारी भएको बेला प्याडको प्रयोग गर्ने प्रचलन नेपालमा सुरु भएको लामो समय भएको छैन । गाउँ घरमा तथा आर्थिक स्थिति कमजोर भएका महिलाहरुले अझै पनि महिनावारीको बेलामा कपडाको प्रयोग गर्ने गर्छन् । यसरी प्याडको प्रयोग गर्ने महिलाहरु नै कम भएको हाम्रो देशमा महिनावारीको बेलामा महिनावारी कपको प्रयोग गर्नेको संख्या त झन् एकदमै कम छ । विदेशमा महीनावारी कपको चलन धेरै भए पनि हामीकहाँ प्याडजस्तो सर्वसुलभ छैन । यसको प्रयोग कसरी गर्ने ? कति मुल्य पर्छ ? कहाँ किन्न पाइन्छ ? र के के फाइदाहरु छन् ?
यो सिलिकनले बनेको सानो कप हो, जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ । यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन । रगत कपमा जम्मा हुन्छ । यसले रगतलाई लिग हुनबाट पनि बचाउने ग्लो गेटर फ्लो कपकी बिक्रेता छिरिङ एब्राहन गुरुङ बताउँछिन् ।

‘यो कपले कुमारीत्वमा कुनै असर पार्दैन । कुमारीत्वको अवधारणा आफैंमा बाझिएको छ,’ उनी भन्छिन् ‘योनीको झिल्ली च्यातिएमा कुमारीत्व भंग भएको मानिन्छ, तर यो सबै महिलाको हकमा समान हुँदैन ।’

प्याडलाई ६ घन्टाको अन्तरालमा परिर्वतन गरेन भने संक्रमण हुने सम्भावना पनि हुन्छ । तर कपलाई रगत बग्ने मात्रा हेरेर ८ देखि १२ घन्टाको अन्तरालमा कप सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ । त्यसैले स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि प्याडको तुलनामा कपको प्रयोग एकदमै राम्रो भएको स्त्रि तथा प्रसुति रोग विशेषज्ञ डा. चन्दा कार्की बताउँछिन् ।

यसको प्रयोग योनी भित्र छिराएर गरिने भएकोले यसले कुमारीत्वमा असर गर्छ की भनेर प्रयोग गर्न हिचकिचाउनेको संख्या पनि थुप्रै छ । यसको प्रयोगले कुमारित्वमा कुनै पनि असर नगर्ने डा चन्दा बताउँछिन् । ‘यो कपले कुमारीत्वमा कुनै असर पार्दैन । कुमारीत्वको अवधारणा आफैंमा बाझिएको छ,’ उनी भन्छिन् ‘योनीको झिल्ली च्यातिएमा कुमारीत्व भंग भएको मानिन्छ, तर यो सबै महिलाको हकमा समान हुँदैन ।’
यसको प्रयोग गर्न नजान्दा पहिलो दोस्रो पटक केही अफ्ठेरो महसुस हुन सक्छ तर, प्रयोग गर्ने तरिका राम्ररी सिकेर प्रयोग गर्दा केही असर नगर्ने डा.कार्की बताउँछिन् ।

कुन कुन साइजमा उपलब्ध छ ?

महिनावारी कप ३ वटा साइजमा हुन्छ । स्मल, मिडियम र लार्ज । १९ वर्ष भन्दा कम उमेर समुहको लागि स्मल साइज, १९ देखि ३५ वर्ष उमेर सुमहको लागि मिडियम साइज र ३५ वर्ष भन्दा माथिका महिलाका लागि लार्ज साइज । तर केही महिलालाई बढि रगत जान्छ भने उनीहरुले लार्ज साइज पनि प्रयोग गर्न सक्छन् ।

कति पर्छ मुल्य ?

एउटा मिन्सुरेसन कपको मुल्य ८ सय देखि १५ सय रुपैँयासम्म पर्न आउँछ । जुन प्याड भन्दा धेरै महङ्गो हो । तर यो प्रत्येक महिना पुनः प्रयोग गर्न सकिन्छ र ५ देखि १० वर्षसम्म पुग्छ । त्यसैले लामो समयलाई हेर्ने हो भने आर्थिक रुपमा यो निकै प्रभावकारी हुन्छ ।
नेपाली महिलाको पहुँच होस् भनेर एकदम कम मुल्यमा कप बिक्री गरेको छिरिङ बताउँछिन् । ‘ग्लो गेटरको महिनावारी कप एफडिए रजिस्टर कप हो, जुन १०० प्रतिशत मेडीकल सिलिकनले बेनेको हुन्छ,’ उनी भन्छिन्,‘यो कपको बिक्रीबाट भएको आम्दानीको २० प्रतिशत रकम ग्रामीण क्षेत्रका महिला जसले महिनावारीको सामान खरिद गर्न सक्दैनन्,उनीहरुलाई सहयोग गर्छौ ।’

कसरी गर्ने प्रयोग ?

पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने कुरा थाहा पाउनु पर्छ । यसबारे चिकित्सक वा बिक्रेतासँग पनि बुझ्न सकिन्छ । यो कप एकदमै नरम हुने भएकोले यसलाई दोबराएर योनी भित्र छिराउन सकिन्छ । यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे कप बिक्रेताहरुले नै जानकारी दिने गर्छन् । इन्टरनेटमा भिडिओहरू हेरेर सिक्न पनि सकिन्छ ।

कपलाई ‘सी’ आकारमा पट्याएर प्रयोग गरिन्छ । तर, कप प्रयोग गर्नुअघि त्यो सफा र सुख्खा हुनुपर्छ । कपलाई दोबराएर र योनिभित्र राख्नुपर्छ । त्यसपछि त्यो आफैँ खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ । सिल हटाउनका लागि चाहिँ कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ । यसको प्रयोग गर्न सुरू सुरूमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि बानि पर्दै गए पछि सजिलो हुन्छ ।

कपलाई कसरी सफा गर्ने ?

यो कप प्रत्येक ८ देखि १२ घण्टामा खाली गर्नुपर्छ । रगतले कप भरिएपछि यसलाई पखालेर पुनः प्रयोग गर्न सकिन्छ । महिनावारी सकिएपछि यो कपमा भएको किटाणु मार्न पाँचदेखि दस मिनेटसम्म तातोपानीमा उमाल्नुपर्छ । यसरी उमालेर सफा गरेर सुख्खा बनाएर राखेको कप अर्को महिनावारीमा पुनः प्रयोग गर्न सकिन्छ । पुनः प्रयोग गर्न मिल्ने, वातावरणमैत्री, लामो समयसम्म टिक्ने र आर्थिक रुपले किफायती भएकाले पछिल्लो समयमा यो धेरैको रोजाइमा पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस् :
३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)

राउटे : बढ्यो जनसंख्या, फेरिँदै लाइफस्टाइल
महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested