English

कौशी खेतीको फाइदा



पछिल्लो समय कृषिमा विभिन्न आधुनिक प्रविधि भित्रिदै छ । पहिले जस्तो तरकारी खेतीगर्न जमिन छैन भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । पछिल्ला दिनमा केहीले कौशीमै तरकारी तथा फलफुल पनि फलाउन थालेका छन् । कौशी खेती पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको छ ।

घरको कौशीमा विशेष गरी फर्सी, लौका, लसुन, काउली, सिमी, घिरौलाका साथसाथै मौसम अनुसारका सबै खालका तरकारी उब्जाउन सकिन्छ । तरकारी मात्र होइन कौशीमा सुन्तला, कागती, अम्बा जस्ता फलफुलहरू पनि फलाउन सकिन्छ ।

काठमाडौं कपन ज्योतिनगरका शेशकान्त पोखरेल विगत एक दशकदेखि कौशी खेती गर्दै आएका छन् । उनले विभिन्न थरिका तरकारी र ३-४ प्रकारका फलफुल आफ्नै कौशीमा फलाइ रहेकाछन् । हरेक मौसमसँगै फल्ने तरकारी तथा फलफुलले आफ्नो घरलाई नै हरियाली बनाउँदा उनको मन प्रफुल्लित हुन्छ । मौसम अनुसारको तरकारी आफ्नै कौशीमा फल्ने भएकोले बजारबाट किन्नु पनि पर्दैन ।

कौशी खेतीगर्दा ध्यान दिनुपर्ने पक्ष

कौशी खेती गर्नकै लागि घरको कौशीमा विशेष ठाउँ बनाउन सकिन्छ । यसो गर्दा कोठाहरूमा कौशीको चिसो जान पाउँदैन ।

घर बनाउँदा कौशी खेती गर्न मिल्ने गरी तयार पारिएको छैन भने गमला, बाल्टिन तयार पार्ने ।
मलिलो माटो ल्याएर त्यस माटोलाई भाँडोहरूमा भर्ने ।

घरमा विशेष गरी भान्साबाट निस्कने कुहिने फोहोरहरूलाई संकलन गरेर छुट्टै बाल्टिनमा राख्ने । फोहोरलाई कुहाएर कम्पोष्ट मल तयार पार्ने र त्यसलाई प्रयोग गर्ने ।

कौशीमा लगाइएका बोट बिरुवाहरूको विशेष हेरचाह गर्ने । जस्तैः उम्रिएका झारहरू निकाल्ने र दिनमा एकपटक पानी हाल्ने ।

कौशीमा के के तरकारी र फलफुल लगाउन सकिन्छ ?

घरको कौशीमा विशेष गरी फर्सी, लौका, लसुन, काउली, सिमी, घिरौलाका साथसाथै मौसम अनुसारका सबै खालका तरकारी उब्जाउन सकिन्छ । तरकारी मात्र होइन कौशीमा सुन्तला, कागती, अम्बा जस्ता फलफुलहरू पनि फलाउन सकिन्छ ।

कौशी खेतीका फाईदाहरू

परिवारको इच्छा अनुसारको स्वच्छ एवम् ताजा तरकारी, फलफुल आपूर्ति हुन्छ ।

दैनिक भान्साबाट निस्कने कुहिने फोहोर मैलाबाट मल निर्माण हुन्छ, यसले वातावरण पनि स्वच्छ रहन्छ ।

कौशी खेतीगर्दा शारीरिक व्यायामपनि हुने भएकोले शारीरिक तथा मानसिक रूपमा फुर्तिलो भइन्छ ।

दैनिक रूपमा तरकारी, फलफुल किन्ने पैसा तथा समयको बचत हुन्छ ।

बजारमा पाइने तरकारी र फलफुलमा रासायनिक मलको प्रयोग भएको हुन्छ । घरमै प्राङ्गारिक मलको प्रयोगबाट उब्जाइएको तरकारी फलफुल स्वस्थकर हुन्छ । यसले निरोगी बनाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested