English

विश्वमा आजः इजरायली प्रधानमन्त्रीको हत्यादेखि अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा



आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

बाराक ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति

अफ्रिकी मूलका अमेरिकी नागरिक बाराक ओबामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी दुई पटकसम्म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

इजरायली प्रधानमन्त्रीको हत्या

सन् १९९५ मा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिनको हत्या भएको थियो । रबिन ओस्लो शान्ति सम्झौतामा महत्वपूर्ण भूमिकामा थिए ।

इरानमा ५२ अमेरिकी बन्धक

सन् १९७९ मा इरानी विद्यार्थीहरूको एउटा समूहले तेहरानस्थित अमेरिकी दूतावासलाई नियन्त्रणमा लिएर ५२ अमेरिकीलाई नियन्त्रणमा लिएका थिए । बन्धकपछि इरान र अमेरिकाबीच तनाब बढेको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा निकाय गठन

सन् १९५२ मा अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय ९एनएसए० गठन भएको थियो । एनएसएले देशभित्र गुप्तचरसम्बन्धी गतिविधि अनुगमन र सूचना संकलन गर्छ ।

अमेरिकाको पहिलो महिला गर्भनर

सन् १९२५ मा अमेरिकाले पहिलो पटक महिला गर्भनर पाएको थियो । निलाई टेलोइ रोस अमेरिकाको वाइओमिङमा राज्यको गर्भनर बनेकी थिइन् ।

यो पनि पढ्नुहोस् :
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
विश्वमा आजः विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested