English

चिनी खुवाएर मह उत्पादन सम्भव छैन्

यस्तो छ, महको महिमा



मौरी पालन कृषिक्षेत्रको सवैभन्दा उत्तम पेशा हो । जन्मदेखि मृत्युसम्मका सबैजसो कर्ममा महको आवश्यकता पर्छ । विश्वमा नभइनहुने किरा प्रजाती हो, मौरी । यो नहुने हो भने मानव जातीनै नष्ट पनि हुनसक्छ ।

यस्तै गौरवको पेशामा २०४८ सालदेखि छु । र, संस्थागत रुपमा धौलागिरी एग्रिकल्चरको नामबाट व्यवसाय शुरु भएको पनि १२ वर्ष पूरा भएको छ । हामीसँग अहिले ६ सय ५७ वटा घार छन् । अर्को वर्ष १ हजार पुर्‍याउने लक्ष्य छ । र, धौलागिरीले दुईवटा ब्राण्ड बजारमा ल्याएको छ । पहिलो हो, रविना र दोस्रो हो, धौलागिरी हनी ।

मौरी पालन अर्को अर्थमा पनि उत्तम पेशा हो । किनभने यसको व्यवसाय २० हजार रुपैयाँबाट शुरु गर्न सकिन्छ । १२ लाखसम्म लगानी गर्न सक्ने हो भने एकै वर्षमा लगानी उकास्न सकिन्छ ।

मौरी पालनका वारेमा कुरा गर्दा सामान्यतया सिजनमा १५ देखि १८ दिनसम्ममा चाका काड्न सकिन्छ । सिजन भनेको तोरी र चिउरी फुल्ने समयलाई बुझ्नु पर्छ । अर्थात असोज अन्तिम सातादेखि जेठसम्मको समय सिजन हो ।

मौरी पालन अर्को अर्थमा पनि उत्तम पेशा हो । किनभने यसको व्यवसाय २० हजार रुपैयाँबाट शुरु गर्न सकिन्छ । १२ लाखसम्म लगानी गर्न सक्ने हो भने एकै वर्षमा लगानी उकास्न सकिन्छ ।

एकपटक जमेपछि फेरि पग्लदैन भने त्यो अशुद्ध मह हो । त्यसमा चिनी मिसाएको छ भन्ने बुझ्नु पर्छ । चिनी मिसिएको मह केही गरेपनि पग्लदैन ।

यस्तो सजिलो र गौरवको पेशा भएपनि नेपालीहरु खासै आकर्षित छैनन् । नेपालमा उत्पादित महले मागको ३० देखि ३५ प्रतिशत मात्र धान्न सकेको छ ।

मौरीको जात अनुसार महको गुणस्तर फरक हुन्छ । त्यसैगरी सिजन र अफसिजनको महको स्वाद पनि फरक हुन्छ । अर्को कुरा कुन मह शुद्ध हो र कुन होइन भन्ने आम जिज्ञासा छ । सामान्यतया १३ डिग्रीभन्दा तल गएपछि जम्ने र फेरि तात्दै जाँदा पग्लने मह शुद्ध हो । एकपटक जमेपछि फेरि पग्लदैन भने त्यो अशुद्ध मह हो । त्यसमा चिनी मिसाएको छ भन्ने बुझ्नु पर्छ । चिनी मिसिएको मह केही गरेपनि पग्लदैन ।

सामान्यतया अशुद्ध मह भनेको चिनीको मिसावट नै हो । तर कतिपयले नबुझेर चिनी खुवाएर पालिएको मौरीबाट उत्पादित मह पनि अशुद्ध हुन्छ भन्छन् । त्यो गलत बुझाई हो । अफ सिजनमा मौरी चर्ने ठाऊँ हुँदैन । त्यसैले मौरीलाई जोगाउन उसलाई चिनी दिनु पर्छ । तर, त्यो मह काडिदैन ।

(धौलागिरी एग्रिकल्चरका निर्देशक धनलाल जैसीसँगको कुराकानीमा आधारित ।)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested