चिनी खुवाएर मह उत्पादन सम्भव छैन्
यस्तो छ, महको महिमा
मौरी पालन कृषिक्षेत्रको सवैभन्दा उत्तम पेशा हो । जन्मदेखि मृत्युसम्मका सबैजसो कर्ममा महको आवश्यकता पर्छ । विश्वमा नभइनहुने किरा प्रजाती हो, मौरी । यो नहुने हो भने मानव जातीनै नष्ट पनि हुनसक्छ ।

यस्तै गौरवको पेशामा २०४८ सालदेखि छु । र, संस्थागत रुपमा धौलागिरी एग्रिकल्चरको नामबाट व्यवसाय शुरु भएको पनि १२ वर्ष पूरा भएको छ । हामीसँग अहिले ६ सय ५७ वटा घार छन् । अर्को वर्ष १ हजार पुर्याउने लक्ष्य छ । र, धौलागिरीले दुईवटा ब्राण्ड बजारमा ल्याएको छ । पहिलो हो, रविना र दोस्रो हो, धौलागिरी हनी ।
मौरी पालन अर्को अर्थमा पनि उत्तम पेशा हो । किनभने यसको व्यवसाय २० हजार रुपैयाँबाट शुरु गर्न सकिन्छ । १२ लाखसम्म लगानी गर्न सक्ने हो भने एकै वर्षमा लगानी उकास्न सकिन्छ ।
मौरी पालनका वारेमा कुरा गर्दा सामान्यतया सिजनमा १५ देखि १८ दिनसम्ममा चाका काड्न सकिन्छ । सिजन भनेको तोरी र चिउरी फुल्ने समयलाई बुझ्नु पर्छ । अर्थात असोज अन्तिम सातादेखि जेठसम्मको समय सिजन हो ।

मौरी पालन अर्को अर्थमा पनि उत्तम पेशा हो । किनभने यसको व्यवसाय २० हजार रुपैयाँबाट शुरु गर्न सकिन्छ । १२ लाखसम्म लगानी गर्न सक्ने हो भने एकै वर्षमा लगानी उकास्न सकिन्छ ।
एकपटक जमेपछि फेरि पग्लदैन भने त्यो अशुद्ध मह हो । त्यसमा चिनी मिसाएको छ भन्ने बुझ्नु पर्छ । चिनी मिसिएको मह केही गरेपनि पग्लदैन ।
यस्तो सजिलो र गौरवको पेशा भएपनि नेपालीहरु खासै आकर्षित छैनन् । नेपालमा उत्पादित महले मागको ३० देखि ३५ प्रतिशत मात्र धान्न सकेको छ ।

मौरीको जात अनुसार महको गुणस्तर फरक हुन्छ । त्यसैगरी सिजन र अफसिजनको महको स्वाद पनि फरक हुन्छ । अर्को कुरा कुन मह शुद्ध हो र कुन होइन भन्ने आम जिज्ञासा छ । सामान्यतया १३ डिग्रीभन्दा तल गएपछि जम्ने र फेरि तात्दै जाँदा पग्लने मह शुद्ध हो । एकपटक जमेपछि फेरि पग्लदैन भने त्यो अशुद्ध मह हो । त्यसमा चिनी मिसाएको छ भन्ने बुझ्नु पर्छ । चिनी मिसिएको मह केही गरेपनि पग्लदैन ।




सामान्यतया अशुद्ध मह भनेको चिनीको मिसावट नै हो । तर कतिपयले नबुझेर चिनी खुवाएर पालिएको मौरीबाट उत्पादित मह पनि अशुद्ध हुन्छ भन्छन् । त्यो गलत बुझाई हो । अफ सिजनमा मौरी चर्ने ठाऊँ हुँदैन । त्यसैले मौरीलाई जोगाउन उसलाई चिनी दिनु पर्छ । तर, त्यो मह काडिदैन ।
(धौलागिरी एग्रिकल्चरका निर्देशक धनलाल जैसीसँगको कुराकानीमा आधारित ।)
Omignee
Some endometrial safety findings with LAS include a small but significant increase in endometrial thickness and an increased incidence of endometrial polyps 47, 49 tadalafil generic vs cialis Apoptotic death of PROX hi LECs during LV valvulogenesis thus explains the absence of mature LV valves in induced RASA1 deficient embryos