English

दशैंमा पूजिने नवदुर्गाका नौ रुप



असोजको शुक्ल प्रतिपदाका दिनदेखि दुर्गादेवी अर्थात नौदेवीको पूजा सुरु भएर पूर्णिमा (कोजाग्रत) सम्म रहन्छ । ९ दिनलाई नवरात्री भनिन्छ । नवरात्रीमा नौ दिनसम्म दुर्गा देवीको नौवटा स्वरूपको पूजा आराधना गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रि दुर्गाका नौ रुप हुन् ।

शैलपुत्री

दुर्गाको पहिलो रूप शैलपुत्री हो । घटस्थापनाको दिन यी देवीको पूजा, आराधना गरी नवरात्री सुरु हुन्छ । यसै दिन जमरा राखिन्छ । पर्वतराज हिमालयकी छोरीका रुपमा जन्मिएकाले यिनलाई शैलपुत्री भनिएको हो । वृषारुढा वा वृषभ (गोरु) यिनको वाहन हो भने दायाँ हातमा त्रिशुल, बायाँ हातमा कमल बोकेकी हुन्छिन् । दैत्यराज र शुम्भ र उसको भई निशुम्भले यौन हिंसा गर्न चाहेपछि यी देवीले उनीहरुलाई बध गरेकी थिइन् । यी त्यसैले यी देवीको पूजा गर्दा पहेँलो बस्त्र धारण गर्नुपर्ने मान्यता छ । शैलपुत्रीकोे आराधना गर्नाले रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

ब्रह्मचारिणी

नवरात्रीको दोस्रो दिन बह्मचारिणीको पूजा–अर्चना गरिन्छ । ब्रह्मको अर्थ हुन्छ, तपस्या र चारिणीको अर्थ आचरण गर्ने । भगवान् शिवसँग विवाह गर्नुअघि पार्वती ब्रह्मचर्यमा रहेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । ब्रह्मचारिणी देवीलाई हरियो रंग प्रिय भएकाले उनको पूजा गर्दा हरियो वस्त्र लगाएर हरियै फूलपातीले पूजा गर्नुपर्ने मान्यता छ । यी देवीको पुजा, आराधाना गरेमा लामो आयु प्राप्त हुन्छ ।

चन्द्रघण्टा

चन्द्रघण्टा नामले प्रशिद्ध देवीको यो स्वरुपबाट दैत्यहरू सबैभन्दा बढी त्रस्त भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको हो । नवरात्रको तेस्रो दिन गरिने चन्द्रघण्टा देवी सतत र निरन्तरको प्रयासपछि सफलता पाइन्छ भन्ने कुराको प्रतीक हुन् । यी देवीको पूजा गर्दा रंगीचंगी वस्त्र धारण गर्नुपर्ने तथा १ सय ८ थरीका फूल प्रयोग गर्नुपर्ने मान्यता छ । मरत्तकमा घण्टाको आकारमा आधा चन्द्रमा, १० वटा हात, प्रत्येक हातमा अस्त्र–शस्त्र, देवीको रूप परम् शान्तिदायक र कल्याणी छ, भने दूध र दूधबाट बनेका चीजहरू भोग गरिन्छ । जसले गर्दा दुःख नाश हुने गर्दछ ।

कुष्माण्डा

सूर्यको झैं तेज अनि आठ हात भएकी, रगतले भरिएका दुई कलश धारण गरेकी देवी कुष्माण्डा अनाहक अरूको जीवन लिनु हुन्न तर शत्रुलाई त्यसै छाड्नु हुँदैन भन्ने कुराको प्रतीक हुन् । नवरात्रको चौथो दिन पूजा गरिने यी देवीको अट्टहासमा ब्रह्माण्डको उत्पति र विनाश हुने भएकाले यी देवीलाई कुष्माण्डा भनिएको हो । देवी कुष्माण्डाको पूजा गर्दा सुन्तला रंगको वस्त्र धारण गर्नुपर्छ भने सुन्तला रंगकै फूल प्रयोग गर्नुपर्छ । आठवटा हात, सातवटा हातमा कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतले भरिएको कलश, चक्र र गधा लिएकी यी देवीको पुजा आरधाना गरेमा बुद्धिको विकास हुन्छ भन्ने मान्यता छ ।

स्कन्दमाता

नवरात्रिको पाँचौँ दिन स्कन्दकुमाताको पुजा गरिन्छ । यी देवीको वाहन सिंह र भोग केरा लगाइन्छ । स्कन्दमाता कुमार कार्तिकेयकी आमा हुन् । पाँचौं दिन पूजा गरिने यी देवी सन्तानलाई कसरी पालनपोषण गर्ने भन्ने कुराको प्रतीक मानिन्छिन् । यी देवीको पूजा गर्दा सेतो वस्त्र धारण गर्नुपर्छ भने फूल पनि सेतै रंगको खासगरी कमलको फूल प्रयोग गरिन्छ । जसले गर्दा ज्ञानी भइने प्रचलन छ

कात्यायनी

छैटौं दिन पूजा गरिने देवीको नाम कात्यायनी हो । महर्षि कात्यायनको आग्रहमा देवीले महर्षि कात्यायनकी छोरीका रूपमा जन्म लिएकीले यी देवीको नाम कात्यायनी रहन गएको हो । महिषासुरको वध गरेकीले यिन देवीलाई महिषासुरमर्दिनी पनि भनिन्छ । यी देवीको प्रिय रंग रातो हो त्यसैले मानिसहरू यी देवीलाई बली चढाउँछन् । कात्यायनीको पूजा गर्दा पनि रातै रंग प्रयोग गर्नुपर्ने मान्यता छ । राम्रो पति पाउने इच्छा राख्नेले कत्यायनीको पूजा र व्रत बस्छन् । मह चढाइन्छ, उपासना गर्दा भक्तले सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सक्छन् भन्ने विश्वास छ ।

कालरात्री

कालो वर्ण भएकी देवीको सर्वाधिक भयानक स्वरुप कालरात्रीको पूजा नवरात्रको सातौं दिन गरिन्छ । नकारात्मक ऊर्जा विनाश गर्ने यी देवी अन्याय विरूद्ध प्रतिकारको प्रतीक हुन् । यी देवीको पूजा गर्दा नीलो रंगको वस्त्र धारण गरेर निलै रंगको फूल प्रयोग गर्नुपर्ने मान्यता छ । तीनवटा आँखा, शरीरका अंग एकदमै काला, सख्खरको नैवेद्य र दान गरिन्छ भने यस दिनलाई फूलपाती पनि भनिन्छ ।

महागौरी

देवीको आठौं स्वरुप महागौरीको पूजा महाअष्टमीका दिन गरिन्छ । भगवान् शिवकी प्रिया यी देवीको पूजा गर्दा गुलाफी रंगको वस्त्र धारण गर्नुपर्ने मान्यता छ । यी देवी अलौकिक सौन्दर्यकी स्वामिनी पनि हुन् । शिवलाई पतिको रूपमा पाउन महागौरीले कठोर तपस्या गरिन् । यिनको उपासनाले सबै पापबाट मुक्ति पाइने विश्वास छ । यस दिन हातहतियार र अन्य सामानको पनि पूजा गरिन्छ ।

सिद्धिधात्री

नवरात्रको नवौ तथा अन्तिम दिन पूजा गरिने देवीको स्वरुपलाई सिद्धिदात्री भनिन्छ । यी देवीले भक्तजनलाई चिताएको फल दिने भएकीले उनलाई सिद्धिदात्री भनिएको हो । देवी सिद्धिदात्रीको पूजा गर्दा बैजनी रंगको वस्त्र धारण गर्नुपर्ने र बैजनी तथा निलो रंगका फूलहरू प्रयोग गर्नुपर्ने मान्यता छ । नवरात्री पूजाको नवौँ दिन सिद्धिधात्रीको उपासना गर्नाले सबै सिद्धि प्राप्त हुन्छ । यिनैको कृपाले महादेवको आधा शरीर देवीको भएको थियो । यी देवीको आराधनाले जीवनमा सुख–शान्ति प्राप्त हुन्छ ।

यो पनि पढ्नुहोस् :
दशैंलाई नयाँ नोट असोज ४ देखि, एकजनाले कतिसम्म साट्न पाइन्छ ?
आज घटस्थापना– यसरी राख्नुहोस् जमरा, यस्तो छ जमराको महत्व ?
चन्द्रागिरि केबुलकार दशैं, तिहारमा पनि खुल्ने
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested