English

दृष्टिविहिन बनाउने के हो शापू रोग ? कसरी बच्ने ?



सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको दृष्टिविनाशक रोग हो- शापू । प्राय भदौदेखि मंसिरसम्म विशेष गरी नेपालको मध्य पाहाडी भेगमा यो रोग माहामारीको रुपमा देखिने गर्छ । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरासमेत हुन्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल तथा आँखा उपचार केन्द्रमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ । आफूखुशी औषधि वा जडिबुटीको प्रयोग गर्नु हुँदैन ।

यो रोग लाग्ने कारण

हालसम्म सेतो पुतली (मोथ)लाई शापूको कारक मानिएको छ । तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जिवाणु र विषाणुले पनि यो रोग लागेको पाइएको छ ।

लक्षण

– एक्कासि आँखा रातो हुनु
– चिप्रा लाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखाको दृष्टिमा तत्कालै कमी आउनु
– आँखा दुख्नु
– उपचारमा ढिला भएमा कालो नानी सेतो देखिनु

बच्ने उपाय

– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो सेतो बत्ति नबाल्ने
– साँझ र राती ढोका बन्द गर्ने
– सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर तथा झुल लगाएर मात्र सुत्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले