English

दृष्टिविहिन बनाउने के हो शापू रोग ? कसरी बच्ने ?



सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको दृष्टिविनाशक रोग हो- शापू । प्राय भदौदेखि मंसिरसम्म विशेष गरी नेपालको मध्य पाहाडी भेगमा यो रोग माहामारीको रुपमा देखिने गर्छ । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरासमेत हुन्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल तथा आँखा उपचार केन्द्रमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ । आफूखुशी औषधि वा जडिबुटीको प्रयोग गर्नु हुँदैन ।

यो रोग लाग्ने कारण

हालसम्म सेतो पुतली (मोथ)लाई शापूको कारक मानिएको छ । तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जिवाणु र विषाणुले पनि यो रोग लागेको पाइएको छ ।

लक्षण

– एक्कासि आँखा रातो हुनु
– चिप्रा लाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखाको दृष्टिमा तत्कालै कमी आउनु
– आँखा दुख्नु
– उपचारमा ढिला भएमा कालो नानी सेतो देखिनु

बच्ने उपाय

– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो सेतो बत्ति नबाल्ने
– साँझ र राती ढोका बन्द गर्ने
– सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर तथा झुल लगाएर मात्र सुत्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested