English

एपेन्डिसाइटिस: कारण, लक्षण र बच्ने उपाय



पेट दुख्दा खासै केही होइन भनेर हामी बेवास्ता गर्न सक्छौँ । तर, यस्तो गर्नु खतरा हुन सक्छ । किनकि यस्तै सामान्य पेट दुख्दादुख्दै पछि एपेन्डिक्स समेत हुनसक्छ । पेन्डिक्स एउटा सानो, औंला आकारको ट्यूबलर संरचना हो जुन ठूलो पेटको तल्लो पेटको दायाँपट्टि अवस्थित हुन्छ । जब ब्याक्टेरियाबाट संक्रमित हुन्छ वा अवरोधको कारण, एपेन्डिक्सक बिस्तारै फुल्छ र भरिन्छ ।

यदि समयमै उपचार नगराएमा एपेन्डिक्सले संक्रामक सामग्रीहरू पेट र रगतमा पनि फैलाउन सक्छ । तसर्थ, एपेन्डिसाइटिस बिरामीले बिग्रनु अघि आपतकालिन हेरविचार गर्नु पर्छ । एपेन्डिक्सको समस्या जो कोहिलाई पनि हुन सक्छ तर विशेष । १० देखि ३० वर्ष उमेर समुहलाई यो समस्या हुन सक्छ र पुरुषको तुलनामा महिलामा यो समस्या बढि देखिन्छ । एपेन्डिसाइटिसको कारण र लक्षण र बच्ने उपायको विषयमा जन्रल सर्जन डा. पवन कुमार शाहको सुझाव यस्तो छ :

कारण
एपेन्डिक्सकमा सुन्निनुको कारण धेरै केसहरूमा थाहा नहुन सक्छ । यद्यपि, केहि केसहरूमा यो कडा मल र अपच खाने कारणहरूद्वारा एपेन्डिक्सको लुमेनको रोकावटको कारणले हुने गर्छ । एक पटक अवरोध भएमा ब्याक्टेरियाले एपेन्डिक्सकमा आक्रमण गर्दछ र सुन्निन शुरू हुन्छ ।


लक्षण
– पेट दुख्ने
– पीडा सुरुमा नाभि वरिपरि सुरु हुन्छ र तल्लो पेटको दायाँ तिर स्थानीयकरण हुने
– बान्ता
– पेट सुन्निने
– ज्वरो
– कब्जियत वा पखाला
– बारम्बार पिसाब गर्ने

एपेन्डिक्सक फुटिएको छ भने, यस्ता लक्षण देखिन्छन्
– गम्भीर दुखाई जो सम्पूर्ण पेटमा फैलिन्छ
– हल्का हलचलको साथ दुखाइ बढ्छ
– ढाड वरिपरी पीडा महसुस हुन सक्छ


उपचार
– लक्षणहरु देखिने बित्तिकै अस्पताल गएर तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ
– यदि एपेन्डिक्स फुटेको छ भने तुरुन्त अपरेशन गर्नु पर्छ
– यदि अवस्था सामान्य छ भने निगरानीमा राखेर एन्टिबायोटिक दिइन्छ तर प्राय जसो अवस्थामा शल्लेक्रियाबाट उपचार गरिन्छ ।


बच्ने उपाय
– सुगर र प्रेसरको बिरामीहरुमा यस्तो समस्या देखिने सम्भावना हुने भएकोले उनीहरुले आफ्नो सुगर प्रेसरलाई कन्ट्रोल गर्नु पर्छ ।
– बालबालीकामा पनि यो समस्या देखिन सक्ने भएकोले बालबालीकाको इम्यिुनिटि सिस्टम बढाउनको लागि पौष्टिक आहार खान दिनु पर्छ ।
– बाहिरको खानेकुरा जंकफुडहरुको सेवनले पनि यो समस्या हुन सक्छ त्यसैले जंकफुडहरु खानु हुँदैन ।
– प्रसस्त मात्रामा पानी पिउनु पर्छ र हरियो सागब्जि र फलफुल खाने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested