English

विश्व उपभोक्ता दिवस

खाद्यान्नमा हुने मिसावट यसरी थाहा पाउनुस्



आज विश्व उपभोक्ता अधिकार दिवस । यो दिवस प्रत्येक वर्षको मार्च १५ मा विश्वभर विभिन्न उपभोक्ता हितसँग सम्बन्धित कार्यक्रमहरू गरेर मनाइन्छ । विश्व उपभोक्ता अधिकार दिवसमा खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन् ।

यद्यपि बजारमा दैनिक उपभोग्य तथा खाद्य पदार्थहरूमा विभिन्न किसिमका मिसावट गरिएको भेटिन्छ । यसका लागि उपभोक्ता आफै सचेत हुनु जरुरी पनि छ । तपाईँले दैनिक प्रयोग गर्ने विभिन्न खानेकुराहरूमा के कस्तो किसिमको मिसावट भइरहेको छ भन्ने कुरा आफैँले परीक्षण गरेर पनि थाहा पाउन सक्नुहुन्छ ।

दूध, ध्यू र तेलमा हुने मिसावट

दूध शुद्ध छ कि छैन भनेर स्वादले नै थाहा पाइन्छ । व्यापारीहरूले बढी फाइदाका लागि दूधमा पानी मिसाएर समेत बिक्री गरेको पाइन्छ । दूधमा पानीको मात्रा कत्तिको छ भन्ने कुरा ल्याक्टोमिटरवाट थाहा पाउन सकिन्छ । यस्तै गाई भैँसीको ध्यूमा आलु वा पिँडालु उसिनेर पनि मिसाइन्छ । यदि ध्यूमा मिसावट भएको शङ्का लागेमा ध्यूलाई खारेर मिसावट पत्ता लगाउन सकिन्छ ।

तेलमा मिसावट भएको छ कि छैन भनेर थाहा पाउन तेललाई तताएपछि आउने खारबाट थाहा पाउन सकिन्छ । यदि गन्हाउने खार आएमा तेलमा मिसावट भएको थाहा पाउन सकिन्छ ।

महमा हुने मिसावट

व्यापारीहरूले चिनीको चास्नी वा सख्खरको प्रयोग गरेर महमा मिसावट गरेको पाइन्छ । महमा पानीको मिसावट भएको पनि भेटिन्छ । महमा मिसावट भए नभएको र मह शुद्ध छ कि छैन भनेर थाहा पाउन टिस्यु पेपरमा महका केही थोपा हालेर थाहा पाउन सकिन्छ । यदि महमा पानीको मिसावट छ भने टिस्यु पेपरले पानी सोस्छ । शुद्ध मह छ भने त्यो पेपरको माथि नै रहन्छ ।

सिसाको गिलासमा तातो पानी भरेर त्यसमा एक चम्चा मह हाल्ने । यसो गर्दा त्यो मह पानीमा घुल्यो भने महमा मिसावट भएको छ भन्ने ठाने हुन्छ ।

त्यस्तै अलिकति कपासमा मह लगाएर आगोमा बाल्ने हो भने शुद्ध मह सजिलै बल्छ । तर यदी त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ ।

दालमा हुने मिसावट

दाल छङछङ बज्ने र चहकिलो रङ्गको देखिन्छ भने त्यो दालमा मिसावट छ भनेर थाहा पाइन्छ । अधिकांश दालको रङ्ग फुस्रो हुने हुनाले चहकिलो दाल देखेमा त्यसमा रङ्ग मिसाएको छ भनेर थाहा पाए हुन्छ ।

खसीको मासु

खसीको मासुमा बाख्रीको मासु मिसाइएको पनि हुन सक्छ । साथै व्यापारीहरूले वासी मासु पनि मिसाएर बेचिरहेका हुन सक्छन् ।

खसीको मासु किन्नु परेमा चिनेको वा नियमित किन्ने गरेको पसलबाटै किन्नु सबैभन्दा राम्रो हो । यदि नयाँ पसलमा गएर मासु किन्नु परेको खसी हो भनेर सङ्केत दिने राजखानी भएको भागको मासु किन्नु राम्रो हो । शुद्ध खसीको मासु छिटो पाक्छ र खाँदा स्वादिलो हुन्छ । बाख्रीको मासु पाक्न धेरै समय लाग्ने, चपाउँदा चाम्रो हुने र स्वाद पनि तिक्खर हुँदैन । एक पटक गलत मासु परेमा पुनः सोही पसलबाट मासु किन्नु हुँदैन ।

गेडागुडीमा मिसावट

क्वाँटी खरिद गर्दा पुराना गेडागुडी र सस्ता गेडागुडीको बाहुल्यता रहने सम्भावना हुन्छ । यसर्थ छुट्टाछुट्टै गेडागुडी देखिने गरी राखिएको गेडागुडी किनेर मिसाइ। क्वाँटी बनाउनु राम्रो हुन्छ ।

मसला र चामलमा हुने मिसावट

मरीचमा सुकेको मेवाको बियाँ मिसाइन्छ, यस्तो अवस्थामा फुक्दा मेवाको गेडा हलुङ्गो भएको कारण उड्छ, मरीच गह्रुँगो भएकाले उड्दैन । यही कुरा चामल किन्दा भुस छ कि छैन भनेर पनि थाहा पाउन सकिन्छ । यही तरिकाले चिउरा किन्दा राम्ररी चालिएको छ कि छैन भनेर थाहा पाउन सकिन्छ । जिरा, धनियाँ जस्ता मसला खरिद गर्दा पनि यो विधि अपनाउन सकिन्छ । यस्ता वस्तुमा भएको मिसावट थाहा पाउन सिसाको गिलासमा पानी राखी परीक्षण गर्न सकिन्छ । सामान्यतः जिरा वा मरीच पानीको पिँधमा जान्छ भने मिसावट गरिएका हलुका वस्तुहरू पानीमा तैरिन्छ ।

बेसारमा हुने मिसावट

बेसारको मिसावट छ भने पानीमा हालेर थाहा पाउन सकिन्छ । सामान्यता बेसार पानीमा राख्दा कलर देखिँदैन । तर बेसारमा अखाद्य बस्तु मिसावट भएको छ भने पानीको रङ्ग परिवर्तन हुने गर्छ र पानीमा घुल्ने पनि गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

Latest










Popular
Suggested