English

तीजको दरमा के खाने के नखाने ?



हिन्दू धर्मावलम्बी महिलाहरुको महान चाड तीजको आज अघिल्लो दिन अर्थात् दर खाने दिन । तीजको दिन पानीसमेत नखाई व्रत बस्ने भएकाले आज विभिन्न परिकार बनाएर दरको रुपमा खाइन्छ । यद्यपि, यसरी अघिल्लो दिन विविध परिकार टन्न खाएर भोलिपल्ट पानीसमेत नखाई व्रत बस्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । त्यसो त दरको दिन के खाने ? के नखाने ? भन्नेबारे डा. उप्रेतीको सुझाव यस्तो छ :

के खाने त ?

– दर खाँदा घरमै बनाएको खानेकुरा खानुपर्छ ।

– दरमा चिल्लो र पिरो कम भएको खानेकुरा समावेस गर्नुपर्छ ।

– मांशाहारीले थोरै मासु खाने र शाकाहारीले दूध र दूधजन्य परिकारहरु पनि थोरै मात्रामा मात्र खानुपर्छ ।

– दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ ।

– हिन्दू संस्कारअनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समयसमयमा व्रत बस्नु स्वास्थ्यको उपयुक्त मानिन्छ । तर, पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्छ ।

कस्ता खानेकुरा नखाने ?

– दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्नेक्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पीरो खानेकुरा खानुहुँदैन ।

– दर खाने दिन बजारमा पाइने विभिन्न रंगका मिठाइ पनि खाने चलन छ । तर, यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुन सक्छ । त्यसैले बजारबाट रंग प्रयोग भएका मिठाइ नखाने ।

– व्रतको दिन आडिलो हुन्छ भनेर घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइने भएकाले धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ ।

– साथै, मासु खानेहरुले अघिल्लो दिन धेरै मात्रामा माछामासु खाने र शाकाहारीले धेरै दुग्धजन्य परिकार खान्छन् । जसकारण अपच हुन सक्छ । त्यसैले दर खाने दिनमा धेरै माछामासु र दुग्धजन्य परिकार खानु हुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested