English

दीपिका भन्छिन्– ‘निद्रा नलागे बेडमै मेडिटेसन गर्छु’



दीपिका प्रसाईं नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा स्थापित अभिनेत्री हुन् । डेब्यु चलचित्र ‘ऐश्वर्य’ बाटै राम्रो चर्चा बटुलेकी प्रसाईंले सोही चलचित्रबाट कामना फिल्म अवार्ड र एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी थिइन् । यो सँगै उनले चलचित्र ‘छक्का पञ्जा–३’ मा पनि अभिनय गरेकी थिइन् । तिनै अभिनेत्रीसँग मेरोलाइफस्टाइलले गरेको गुडनाइट वार्ता :

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

आजभोलि डाइटिङमा छु । ४ बजेपछि केही खादिन । त्यसअघि दूध र फलफूल खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

१० बजेभित्र सुतिसक्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

मोबाइल चलाउँछु ।

मोबाइलमा के चलाउनु हुन्छ नि ?

सामाजिक सञ्जाल हेर्छु । समाचार फलो गर्छु ।

सिरानी कता पार्नुहुन्छ ?

पूर्व तिर छ ।

के लगाएर सुत्नुहुन्छ ?

नाइट ड्रेस लगाएर सुत्छु ।

श्रीमानको कुन साइडमा सुत्नुहुन्छ ?

बायाँतर्फ सुत्छु ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी खान्छु ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

आफूलाई सजिलो हुने ड्रेस लगाएर सुत्छु । मेकअप निकाल्छु, हातखुट्टा धोएर फ्रेस हुन्छु । नाइट क्रिम लगाउँछु ।

सपना देख्नु हुन्छ, कि देख्नुहुन्न ?

कहिलेकहीँ देख्छु ।

निद्रा लागेन भने के गर्नुहुन्छ ?

निद्रा लागेन भने बेडमै मेडिटेसन गर्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र