English

कोरोना अपडेट: नेपालमा एकैदिन १,७५६ मा संक्रमण, २,२७४ जना निको



नेपालमा थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३ सय ३४ वटा नमूना परीक्षण गरिएको मध्ये सो संख्यामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ५१ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या ७ लाख २३ हजार ४ सय ५६ पुगेको छ । यो कुल संक्रमितको ९९.३ प्रतिशत हो ।

नेपालमा हाल ३३ हजार ६ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३० हजार ६ सय ६२ जना होम आइसोलेसन, २ हजार ३ सय ४४ जना संस्थागत आइसोलेसन र २ सय ७४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । साथै, ५ सय ४० जनाको सघन उपचार कक्षा (आईसियू) र १ सय ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो समय थप २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा १० हजार ८ सय ९ जना संक्रमितले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने दर १ दशमलव ५ प्रतिशत छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested