English

अभिनय र राजनीतिपछि व्यवसायमा करिश्मा



अभिनेत्री करिश्मा मानन्धरले इन्टेक्स ब्राण्डका विद्युतीय सामान नेपाली बजारमा भित्राएकी छन् । अभिनय हुँदै राजनीतिमा समेत प्रवेश गरेकी मानन्धर अब व्यवसायतर्फ सक्रिय हुन लागेकी हुन् ।

‘एउटा प्राफेसनमा लागेको मान्छेले अर्को काम गर्नुहुँदैन भन्ने मान्यता छ, अझै कलाकारले त अरु काम गर्नै हुँदैन भन्ने मानसिकता ब्याप्त छ,’ मेरोलाइफस्टाइलसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘म त कर्ममा विश्वास गर्ने मान्छे हुँ, हिजो अमेरिका हुँदा पनि काम गरेकै हुँ, नेपालमा पनि कृषि गरिरहेको छु । आफूलाई रूचि छ भने जुनसुकै काम गर्दा हुन्छ ।’

एक वर्षयता इन्टेक्स ब्रान्डका होम अप्लाएन्स सामान नेपाल भित्राउन गृहकार्य गरिरहेकी मानन्धरले बुधबार औपचारिक घोषणा गरेकी छन् । २५ वर्ष अघि स्थापित इन्टेक्सले विश्वका ४० भन्दा बढी देशमा कम्पनी बिस्तार गरिसकेको छ । यद्यपि, होम अप्लायन्स र स्मल होम अप्लायन्सका लागि नेपालमा भने पहिलोपटक प्रवेश गरेको हो । तर, ८ वर्ष पहिला इन्टेक्सको मोबाइल नेपाली बजारमा भित्रिएको थियो ।

इन्टेक्सका सामानले नेपाली बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने पूर्ण विश्वस्त रहेको अभिनेत्री मानन्धर बताउँछिन् । ‘इन्टेक्स आफैंमा राम्रो ब्राण्ड हो,’ उनले भनिन्, ‘व्यापार गर्दा विश्वासिलो र दह्रो ठाउँमा हात हाल्नुपर्छ भनेरै इन्टेक्स रोजेकी हुँ । हामी जुनसुकै कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालमा इन्टेक्सको ४५ वटा वितरक छन् । यसलाई यो वर्ष अधिकतम बढाउने लक्ष्य रहेको मानन्धरले बताउँछिन् । हाल इन्टेक्सको कुलर, फ्यान, टेलिभिजन, ग्याँस स्टोभ, फ्रिज, वासिङ मेसिन लगायतका घरायसी सामग्री उपलब्ध छन् ।

कर्ममा विश्वास गर्ने अभिनेत्री मानन्धर आफूले गर्दै आएको पेसा भन्दा फरक गर्दा नौलो आभास हुने बताउँछिन् । ‘एउटा प्राफेसनमा लागेको मान्छेले अर्को काम गर्नुहुँदैन भन्ने मान्यता छ, अझै कलाकारले त अरु काम गर्नै हुँदैन भन्ने मानसिकता ब्याप्त छ,’ मेरोलाइफस्टाइलसँगको कुराकानीका क्रममा उनले भनिन््, ‘म त कर्ममा विश्वास गर्ने मान्छे हुँ, हिजो अमेरिका हुँदा पनि काम गरेकै हुँ, नेपालमा पनि कृषि गरिरहेको छु । आफूलाई रूचि छ भने जुनसुकै काम गर्दा हुन्छ ।’

यस ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता रिसिक ट्रेडिङ कन्सर्न इन्टेक्स प्रा.लि रहेको छ । जसमा मानन्धर प्रबन्ध निर्देशकको रुपमा रहेकी छिन् । यद्यपि, यसमा श्रीमान बिनोद मानन्धर र छोरी कविता मानन्धरको प्रत्यक्ष संलग्नता रहने उनले प्रष्ट पारिन् ।

नेपालमा इन्टेक्सको ४५ वटा वितरक छन् । यसलाई यो वर्ष अधिकतम बढाउने लक्ष्य रहेको मानन्धरले बताउँछिन् । हाल इन्टेक्सको कुलर, फ्यान, टेलिभिजन, ग्याँस स्टोभ, फ्रिज, वासिङ मेसिन लगायतका घरायसी सामग्री उपलब्ध छन् ।

साथै, बजारको माग र ग्राहकको रोजाई अनुसारका सामान भित्राउने उनले बताइन् । ‘अहिले त हामीले बिऊ रोपेका हौं फल खाने बेला आउँदैछ,’ उनले भनिन्, ‘घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक सामान खरिद गर्दा उपभोक्ताले अब देखि यो ब्राण्डलाई नै रोज्नेमा म विश्वस्त छु ।’

इन्टेक्स ब्राण्डका सामानको १ देखि १० वर्षसम्म वारेन्टी रहेको इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए । ‘नेपालमा आधिकारिक रुपमा भित्रिएको यस ब्राण्डलाई नम्वर वन बनाउने हाम्रो प्रयास जारी छ,’ उनले भने, ‘हाम्रो उद्धेश्य भनेको गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो । हाम्रा ब्राण्डका सामान प्रयोग गर्ने कुनैपनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन ।’

करिश्मासँग सम्बन्धित थप सामग्री पढ्नुहोस् :
करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)
राजेश र करिश्मा हल्का–हल्का लजाएर
करिश्माको होली उत्सव (फोटो-भिडियो)
अभिनेत्री करिश्मा मानन्धरको ‘आउ न सङ्गी हो गाउँन मिलेर’ तीज गीत सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested