English

कोरोना अपडेट : सङ्क्रमित भन्दा निको हुने बढे



कोरोना भाइरस सङ्क्रमितभन्दा आज निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २ हजार ५२ जना सङ्क्रमित भएका छन भने ३ हजार ३० जना निको भएका छन् । १४ हजार ९३५ जनामा परीक्षण गर्दा २ हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।

अहिलेसम्म ७ लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । बुधबार नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन, २ हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested