English

किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



अधिकांशलाई कपाल झर्ने समस्याले सताउने गरेको छ । सुन्दरताका लागि कपालको निकै महत्वपूर्ण भूमिका हुन्छ । कपाल झरेर तालु खुइलिन्छ कि भन्ने चिन्ताले धेरैलाई पिरोल्छ । त्यसैले कपाल झर्नुका कारण के–के हुन् र यसबाट कसरी बच्ने भन्ने बारे छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिलकुमार भट्टको सुझाव यस्तो छ :

कपाल झर्नुका कारण

हर्मोनको परिवर्तन

हर्मोनमा आएको परिर्वतनले पनि कपाल झर्छ । महिलामा गर्भावस्था र प्रसवको क्रममा शरीरमा हर्मोनको मात्रामा उतारचढाव आउने गर्छ । यस्तो बेला महिलामा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धि गडवढीको कारण तीव्र मात्रामा कपाल झर्छ ।

तनाव

हिजोआजको व्यस्त दैनिकीमा हाम्रो शरीरबाट बढी मात्रामा उर्जा बाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जान्छ । धेरै मानिसमा बढी तनावकै कारण कपाल झर्छ ।

जंक फुड

बढी मात्रामा जंकफुडमा निर्भर हुँदा शरीरमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल झर्ने प्रमुख कारण हो । त्यस्तै, खानपानमा र शरीरको पोषणको बारेमा राम्रोसँग ख्याल नपु¥याउँदा पनि कपाल झर्ने समस्या हुन्छ ।

वंशाणुगत कारण

कपाल झर्नुको प्रमुख कारण मध्ये वंशाणुगत पनि एक हो । यस्तो समस्यामा तपाईले केही गर्न सक्नुहुन्न । उचित आहारविहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सकिन्छ ।

प्रोटिनको अभाव

यदि शरीरलाई आवश्यक पर्ने प्रोटिनको कमी भयो भने पनि कपाल झर्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ ।

बच्ने उपाय

– कपाल झर्ने समस्याको कारण के हो, सर्वप्रथम त्यो बुझ्नका लागि चिकित्सक कहाँ जाने ।
– चिकित्सकको सल्लाह बमोजिम उपचार तर्फ लाग्ने ।
– ब्यालेन्स डाइटमा ध्यान दिने पोट्रिनयुक्त खानेकुराहरु खाने ।
– तनाव कम लिने
– पर्याप्त मात्रामा निदाउने
– व्यायाम गर्ने
– सकारात्मक सोच राख्ने
– प्रशस्त मात्रामा पानी पिउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र