English

यी हुन् गर्भवतीले गर्न नहुने १२ गल्ती



महिलाका लागि गर्भावस्था महत्वपूर्ण चरण हो । यतिबेलाको थोरै असाबधानीले पनि आमा र बच्चा दुवैलाई समस्या पर्छ । त्यसैले गर्भवती महिलाले गर्न नहुने १२ गल्तीका विषयमा डा. नितेश घिमिरेको सुझाव यस्तो छ :

दम्पती बिचको सम्बन्धले पनि गर्भावस्थालाई प्रभाव पारिरहेको हुन्छ । हाम्रो देश नेपालमा धेरै रिसर्चहरु त भएका छैनन् । तर, विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानहरुमा उल्लेख गरिएको छ कि दम्पती बिचको नराम्रो सम्बन्ध तथा तनावले धेरै एबोर्सनहरु हुने गरेका छन् । त्यसैले गर्भावस्थाको बेलामा सम्बन्धलाई राम्रो बनाएर तनाव कम गर्नुपर्छ ।

एक महिला सहि उमेरमा गर्भवती हुनु पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो । अहिले महिलाहरु आफ्नो करियर बनाएर मात्र बिहे गर्ने भएकाले ढिलो विवाह गर्ने र ढिलो गर्भवति हुने क्रम बढेको छ । एक महिलाको फर्टाइल उमेर भनेको २१ वर्ष देखि २९ वर्षसम्म हो । त्यसैले पहिलो सन्तान २९ वर्ष भित्र भयो भने आमा र बच्चा दुवैको स्वस्थ्य राम्रो हुन्छ ।

गर्भवस्थामा भिडियो एक्सरे कहिले–कहिले गर्ने भन्ने कुराको ज्ञान हुनु पनि एकदमै महत्वपूर्ण कुरा हो । पहिलो भिडियो एक्सरे गर्भवती भएको थाहा भईसकेपछि सके सम्म छिटो गर्नुपर्छ । पहिलो पटक भिडियो एक्सरे गराउन जाँदा रगत परीक्षण गरिन्छ । उक्त परीक्षणमा थाइरोइड तथा सुगरको पनि परीक्षण हुन्छ । थाइरोइड र सुगरले गर्दा जुनसुकै समय गर्भ खेर जान सक्छ । त्यसैले पहिलो भिडियो एक्स–रे गर्न जाँदा थाइरोइड र सुगर पनि चेक गर्नुपर्छ ।

दोस्रो भिडियो एक्स–रे ६ देखि १२ हप्ता भित्र गर्नुपर्छ । ६ देखि १२ हप्ताको बिचमा भिडियो एक्सरे गराउँदा बच्चाको स्वस्थ्य अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन सकिन्छ । तेस्रो एक्सरे १८ देखि २० हप्तामा गर्नुपर्छ । जसमा एनोमली स्क्यान भन्ने हुन्छ बच्चामा कुनै किसिमको अपांगता छ कि भन्ने कुराहरु यसबाट थाहा हुन्छ ।

गर्भावस्थाको बेला ध्यान दिनु पर्ने अर्को महत्वपूर्ण कुरा व्यक्तिगत स्वच्छता पनि हो । यो बेला सेतो पानी बग्ने, गन्हाउने चिलाउने जस्ता समस्याहरु हुन्छन् त्यसैले यी समस्यालाई राम्रोसँग हल गरिएन भने आमालाई विभिन्न प्रकारको इन्फेक्सनहरु हुन सक्छन् । त्यसैले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।

गर्भावस्थाको बेला महिलाको साथ–साथै पुरुषको पनि महत्वपूर्ण भुमिका हुन्छ । यस्तो बेला महिलाहरुलाई धेरै माया र साथको खाँचो हुन्छ । त्यसैले पुरुषहरुले पनि यो अवस्थामा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सामान्य सुत्केरी गराउनका लािग बिहान उठेर सँगसँगै दुवै जनाले व्यायाम गर्ने । साथै, आफू सँगै नुहने अवस्थामा श्रीमतीलाई परिवारको साथमा राख्नुपर्छ । गर्भाअवस्थामा महिलालाई आत्मबलको एकदमै जरुरी हुन्छ त्यसैले श्रीमान् तथा परिवारको साथ र माया दिनुपर्छ ।

गर्न नहुने १२ गल्ती

१. दुई पाङ्ग्रे सवारीसाधन चलाउनु हुन्छ भने गर्भावस्थाको ९ महिनासम्म नै चलाउन मिल्छ तर, एकदमै स्लो । स्पिड ब्रेकरको एकदमै ख्याल राख्नुपर्छ । धेरै जनाको स्पिड ब्रेकरको कारणले गर्भ खेर गएको छ ।

२. १० के.जी भन्दा बढी वजन उठाउनै हुँदैन । किनभने भारी वजन उठाउँदा रक्तस्राव हुने सम्भावना हुन्छ ।

३. डारेक्टली ननिहुँरिने घुँडाको सहायताले निहुँरिएर बेन्ड भएर वजन उठाउनु पर्छ जस्ले गर्दा पेट तथा ढाँडमा बल पर्दैन ।

४. कफि नपिउने किनकी कफिमा हुने क्याफिनले बच्चामा हुने रक्तसञ्चारलाई कम गर्छ । सँगसँगै कफिको कारणले आमाको प्रेसर बढ्ने समस्या पनि हुन सक्छ । त्यसैले कफी नपिउने थोरै मात्रामा ग्रिन टी, हर्बल टी पिउन सकिन्छ ।

५. काँचो मेवा खानु हुँदैन यसले गर्भ खेर जान सक्छ । तर, पाकेको मेवा भने खान मिल्छ ।

६. धुम्रपान तथा मद्यपान त झनै गर्नै भएन सँगसँगै सफ्ट ड्रिक्सहरु पनि रेगुलर खानु हुँदैन । किनभने सफ्ट ड्रिक्समा धेरै केमिकलहरु हुन्छ र यसले बच्चालाई अपांगता बनाएको केही तथ्यांकहरु पनि छन् ।

७. यदि थोरै पनि रक्तस्राव भएको छ भने पहिलो तीन महिना यौनसम्पर्क राख्नु हुँदैन । किनभने बलपूर्वक सेक्स भयो भने रक्तस्राव अझै बढ्ने सम्भावना हुन्छ ।

८. यदि जुस पिउन मन लागिरहेको छ भने फ्रेस जुस मात्र पिउने । रियल जुस तथा अन्य कुनै ब्रान्डको प्याकिङ जुस पिउँदै नपिउने ।

९. बाहिर खाना खान जाँदा आउटडोर चाइनिज र मेक्सिकन फुडहरु खाँदै नखाने किनकि त्यस्ता खानाहरुमा धेरै अजिना मोटो प्रयोग भएको हुन्छ । अजिना मोटोले बच्चालाई ९५ प्रतिशतसम्म असर गर्छ । तर, घरमै रेष्टुरेनटको जस्तै खानाहरु बनाएर खान सकिन्छ ।

१०. घरमा पनि बासी खाना खाँदै नखाने ताजा खाना बनाएर खाने । डाइट चाट राम्रो बनाउने । त्यही डाइट चाटलाई फलो गरेर घरमा ताजा खाना बनाएर खानु पर्छ ।

११. औषधिहरु समयमा सेवन गर्ने । धेरै जनाले मैले खाना राम्रोसँग खाएको छु भनेर फोलिक एसिड र मल्टि भिटामिन्सहरु खाँदैनन् । तर, जरुरत पनि दोब्बर हुन्छ । त्यसैले खानामात्र खाएर पुग्दैन । चिकित्सको सल्लाहअनुसार फोलिक एसिड र मल्टि भिटामिनहरुको पनि समयमै सेवन गर्नुपर्छ ।

१२. गर्भावस्थालाई मुख्य तीन भागमा विभाजन गरिन्छ पहिलो, दोस्रो र तेस्रो । पहिलो चरण भनेको गर्भवती भएको महिना देखि ३ महिना सम्मलाई मानिन्छ त्यसैले त्यो ३ महिनाको अवधिमा सकेसम्म यौनसम्पर्क राख्नु हुँदैन । दोस्रो चरण ३ देखि ६ महिनाको अवस्थामा यौनसम्पर्क सुरक्षित नै हुन्छ । तेस्रो चरण ६ देखि ९ महिनाको अवधिमा पनि यौन सम्पर्क नराख्दा राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested