English

‘जनैपूर्णिमाको दिनमात्र जनै लगाउँछु’



जनैपूर्णिमालाई हिन्दुहरुको एक विशेष चाडको रुपमा लिइन्छ । विभिन्न ठाउँ चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरक–फरक ढंगले मनाइन्छ । ब्राम्हण तथा क्षेत्रीहरुका लागि यो पर्व विशेष महत्वपूर्ण मानिन्छ । यस दिन बिहानै उठेर स्नान गरी शुद्ध भई भगवानको पूजा आराधना गरी मन्त्र जप गर्दै जनै फेरिन्छ र रक्षा बन्धन बाँध्ने गरिन्छ । यसरी हिन्दुहरुले विशेष महत्वका साथ मनाउँदै आइरहेको चाड जनैपुर्णिमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले कसरी मनाउँदै आएका छन् भन्ने विषयमा केन्द्रित रहेर मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुईंटेलले उनीसँग गरेको कुराकानी :

आज जनै फेर्नुभयो ?

कोरोनाको कारण केही आफन्त गुमाएका छौ । घरमा जुठो परेको कारणले यो वर्ष जनै फेरिन । तर, सामान्य अवस्था हुँदा वर्षेनी यो पर्व मनाउँथे । त्यस्तो विशेष त केही पनि हुँदैन । जनै फेर्ने, दिदी बहिनिहरुसँग रक्षा बन्धन गर्ने र क्वाँटी खाएर मनाउने हो ।

तपाईंको व्रतबन्ध कहिले भएको हो ?

कक्षा ९ मा पढ्दा व्रतबन्ध भएको थियो । त्यतिबेला हामी झापामै थियौं । व्रतबन्धको बेला अरु कुरा त रमाइलो नै लागेको थियो, तर कपाल खौरिए पछि म चिन्डे हुन्छु भन्ने कुराले साह्रै दुःख लागेको थियो । त्यसैले कपाल नकाटी व्रतबन्ध हुँदैन भनेर पनि सोधेको थिएँ । सबैले खौरिनै पर्छ भनेपछि मैले हारेँ ।

पहिलोपटक जनै लगाउँदाको अनुभव कस्तो थियो ?

व्रतबन्धको दिन पहिलो पटक जनै लगाउँदा त रमाइलो नै लागेको थियो । सानै थिएँ । त्यसैले पनि होला त्यत्ति धेरै याद त छैन । कपाल खौरिने चिन्ता बाहेकका अरु कुराहरु त रमाइलो नै लागेको थियो ।

जनै सधैं लगाउनुहुन्छ ?

अँह लगाउँदिन । जनैपूर्णिमाको दिन मात्र लगाउँछु । त्यसपछि लगाउँदिन ।

किन ?

जनैपूर्णिमाको दिन लगाएको जनै त्यही दिन फुकाल्दिनँ । त्यो जनै रहुन्जेल रह्यो । त्यो फुकालेपछि भने अर्को जनै फेर्दिनँ । किनभने, कामको सिलसिलामा विभिन्न ठाउँमा जानुपर्छ, हिन्दू धर्मले बन्देज लगाएका खानेकुराहरु खाइन्छ । त्यसैले लगाउँदिन ।

व्रतबन्धको बेला दिक्षा मन्त्र दिने गुरुसँग कुराकानी हुन्छ कि हुँदैन ?

झापामै हुँदा व्रतबन्ध भयो । त्यसैले मलाई कसले मन्त्र दिनुभयो नै थाहा छैन । अब जनै नलगाउने भएपछि नियमित मन्त्र जप गर्ने कुरा पनि भएन । त्यसैले मन्त्र दिने गुरु नै याद भएन ।

तपाईंलाई जनैपूर्णिमाको महत्व थाहा छ ?

जनै पूर्णिमा किन माइन्छ भन्ने सहि अर्थ त मलाई थाहा छैन । तर, यस दिन शुद्ध भएर जनै फेर्दा र रक्षाबन्धन बाँध्दा शरीर र आत्मा शुद्ध हुन्छ भन्ने सुनेको छु । यस दिन क्वाँटी खाने चलन पनि छ । स्वस्थ मानिसले क्वाँटी खानाले प्रोटिनको मात्रा पुग्छ । शरीर पुष्ट हुन्छ । मौसमअनुसार शरीरको तापमान ठीक रहन्छ भन्ने मान्यता छ । साथै, आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने र जनै फेर्ने गरिन्छ भनेर सुन्दै आएको छु ।

युवा पुस्ताले यो पर्वलाई कसरी मनाउनु पर्छ जस्तो लाग्छ ?

पहिले देखि हाम्रो पुर्खाहरुले मनाउँदै आएको यस चाडलाई नयाँ पुस्ताले पनि अपनाउनुपर्छ । एक पुस्ताको परम्परा अर्को पुस्तामा हस्तान्तरण भएमा मात्र संस्कृति जोगिन्छ । त्यसैले जसले जति जानेको छ, जसरी जानेको छ त्यसरी नै यो चाडलाई निरन्तरता दिनु राम्रो हो ।

जनैपूर्णिमाको अवसरमा अन्तिममा के भन्न चाहनु हुन्छ ?

सम्पुर्णमा जनै पुर्णिमाको धेरै–धेरै शुभकामना । अहिले कोरोनाको समय भएकाले सबैजनाले सचेत भएर आफ्नो कला संस्कृतिलाई जोगाउनु होला र जनैपूर्णिमा मनाउनु होला भन्न चाहन्छु ।



...
canadian pharmacy review

canadian pharmacies that are legit

...
canada pharmaceutical online ordering

canada online pharmacy

...
recommended canadian online pharmacies

discount prescription

...
mexican online pharmacy

canadian pharmacy

...
reliable online pharmacies

trusted canadian pharmacies

...
canada online pharmacies

canadian overnight pharmacy

...
canadian online pharmacies prescription drugs

canadian pharmacies

...
list of trusted canadian pharmacies

online pharmacy without prescription

...
drugs canada

pharmacy online canada https://canadianpharmacystar.com/ discount online pharmacy

...
medications without prescription

legit canadian pharmacy online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested