English

यी हुन् मृगौलामा पत्थरी हुनुको कारण, कसरी बच्ने ?



डा.प्रेमराज सिग्देल, युरोलोजिष्ट

मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो । यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ । पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन । कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ ।

पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनुको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ ।

बच्ने उपाय

– प्रशस्त मात्रामा पानी पिउने, एक दिनमा कम्तिमा २ लिटर पिसाब बन्ने गरि पानी पिउने ।
– तरकारी तथा रेसायुक्त खाना धेरै खाने
– माछा मासु कम खाने
– नुन कम खाने
– मोटो व्यक्तिमा ढुंगा बन्ने सम्भावना धेरै हुन्छ शारीरिक व्यायाम गरि तौल घटाउने
– ओक्सालेट पाइने खानहरू जस्तैः बदाम, पालुंगो, आलु, चुकन्दर र सिमी जस्ता खाना कम
खाने
– सिट्रेट पाइने खानाहरु जस्तै ः फलफुल तथा तरकारी प्रसस्त मात्रामा खाने



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested