English

नेपालमा कोरोनाको तेस्रो लहर आउने आशंका ! के छ सरकारको तयारी ?



कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै नेपालमा तेस्रो लहरको चर्चा सुरु भएको छ । खुकुलो बन्दाबन्दी र स्वास्थ्य मापदण्ड पालनामा भएको लापरवाहीका कारण खतराको घन्टी बजेको हो । त्यसैले फेरि पनि कोरोनाको तेस्रो लहरले नेपाली जनजीवन आक्रान्त बनाउने देखिन्छ । त्यसैले नागरिकदेखि सम्बन्धित निकायले तेस्रो लहरलाई अउन नदिनका लागि विशेष तयारी गर्नुपर्ने देखिन्छ ।

पछिल्लो केही दिनयताको कोरोना संक्रमण दर हेर्ने हो भने बढ्दै गएको देखिन्छ । दैनिक संक्रमणदर बढ्दै गएको र यो थप बढ्ने क्रममा रहेकाले तेस्रो लहर आउने निश्चित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘संक्रमितको दर बढ्नु भनेको नै तेस्रो लहरको सुरुवात हो,’ उनले भने, ‘अहिले जति कोरोना परिक्षण भएका छन् ती परिक्षण गरेकाहरु मध्ये संक्रमण पुष्टी हुनेको संख्या धेरै छ ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त तेस्रो लहर भनेर हामीले केलाई भनिरहेका छौं भन्ने कुरा बुझ्नु पर्ने बताउँछन् । ‘कोभिडको लहर भनेको पानीको वाहव जस्तो हो,’ उनले भने, ‘एउटा तरङ्ग आउँछ त्यो साम्य भएपछि अर्को तरङ्ग आउँछ ।’

कोरोनालाई नियन्त्रण गर्न सरकारले आफ्नो तर्फबाट पुरा तयारी गरिरहेको अधिकारी बताउँछन् । ‘अहिले हामीले एसएमएस कार्यक्रमहरु संचालन गरिरहेका छौ, खोपको व्यवस्था गरेका छौं । त्यसको साथै अस्पताल तथा अन्य आवश्यक पूर्वाधारहरुको पनि थप व्यवस्था गरिरहेका छौ,’ उनी भन्छन्, ‘यद्यपि, अस्पताल तथा अन्य पूर्वाधारको व्यवस्था गरेर मात्र कोरोना संक्रमण नियन्त्रण हुँदैन, त्यसका लागि नागरिकहरु सचेत हुनु पर्छ ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त तेस्रो लहर भनेर हामीले केलाई भनिरहेका छौं भन्ने कुरा बुझ्नु पर्ने बताउँछन् । ‘कोभिडको लहर भनेको पानीको वाहव जस्तो हो,’ उनले भने, ‘एउटा तरङ्ग आउँछ त्यो साम्य भएपछि अर्को तरङ्ग आउँछ ।’ तत्कालै हामी तेस्रो लहरमा प्रवेश गरिसक्यौँ भन्ने आधार बनिसकेको छैन । किनभने संक्रमणको दर एउटा तहसम्म पुगेपछि त्यो नियन्त्रण भएको आभास भएपछि फेरि वृद्धि हुन थाल्यो भने त्यसलाई लहर भन्ने हो । त्यसैले यतिबेला नेपाल तेस्रो लहरमा नरहेको वन्तको दाबी छ । ‘दोस्रो लहरको संक्रमणलाई पिँधसम्म पु¥याउन सकेनौ,’ उनले भने, ‘तेस्रो चरणको संक्रमणको लहरको सुरुवात भन्दा पनि हामी दोस्रो लहरमै तलमाथि भइरहेको छ । जुन तहमा संक्रमणको दरलाई घटाएर लाग्नुपथ्र्यो त्यो गर्न सकेका छैनौँ ।’

वन्तका अनुसार संक्रमणको स्वरुप नयाँ देखियो, धेरै आक्रामक पनि छन् र भिन्न लक्षण भन्दा देखियो भने त्यसलाई तेस्रो लहर भन्न मिल्छ । ‘अहिले संक्रमण दर फेरि बढेको हुनाले कतै हामी तेस्रो लहरमा त छैनौँ भन्ने शंका गर्न सकिन्छ तर अहिले नै तेस्रो लहर फैलिसकेको छ भन्ने पक्षमा म छैन,’ उनले भने ।

कोरोना संक्रमणको तेस्रो लहरलाई फैलन नदिने प्रमुख उपाय भनेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै हो । मास्कको सही प्रयोग, गर्ने दूरी कायम गर्ने र सरसफाईमा ध्यान दिने । यो विधिलाई नागरिकको तहबाट सम्भव भएसम्म प्रभावकारी ढंगबाट अभ्यास गर्नु पर्छ । र, यसको पालना गर्न उचित वातावरण सरकारले मिलाईदिनुपर्ने उनी बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोना संक्रमणको तेस्रो लहरलाई रोक्न मुख्य २ वटा कुरा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।

‘यो केहीगरि फैलियो भने यसको क्षती कम गर्न पहिलो कुरा संक्रमणको विस्तारलाई कसरी रोक्ने वा संक्रमणको त्यो चक्रलाई कसरी तोड्ने र दोस्रो संक्रमितहरुको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा जोड दिनु पर्छ,’ उनले भने, ‘चाहे त्यो होम आइसोलेसनको कुरा होस् वा संस्थागत आइसोलसन होस् वा अस्पताल व्यवस्थापनको कुरा होस् । तेस्रो पाटो सरकारले स्वास्थ मापदण्ड पालना गर्नको लागि सरकारले उचित वातावरण सिर्जना गर्नु पर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोना संक्रमणको तेस्रो लहरलाई रोक्न मुख्य २ वटा कुरा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । ‘पहिलो यो समुदायमा संक्रमण नै नफैलीयोस् र दोस्रो यदि फैलिएको खण्डमा यसले मानविय क्षती कम गरोस् भन्ने पाटोमा ध्यान केन्द्रीत गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सबै कुरा सरकारले गर्छ भनेर बाटो हेर्दा संक्रमण फैलिन मद्धत पुग्छ त्यसैले सबैले महामारी नियन्त्रणमा सहयोग गर्नुपर्छ ।’ यसका साथै, सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने डा. पुनको सुझाव छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,