English

बढ्दै कोरोना : एकैदिन ४९०४ मा संक्रमण, २११५ जना निको



नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १९ हजार १ सय २३ जनाको जम्मा नमुना परिक्षणबाट ४ हजार ९ सय ४ हजार जनामा संक्रमण देखिएको हो ।

यसैगरी, २ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालका कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट १० हजार १ सय ५० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हाल ३३ हजार ९ सय ८५ जना होम आइसोलेसन, ३ हजार ३ सय ४७ जना संस्थागत आइसोलेसन र ३ सय ८१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये, ७ सय ६१ जना आईसियु र १ सय ७६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested