English

महाविर पुनको आविष्कार केन्द्रलाई टेल्जीको स्कुटर उपहार



टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रीक स्कुटर उपहार दिएको छ । टेल्जी इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता योम मा इ नेपालले पहिलो वार्षिकोउत्सवको अवसरमा केन्द्रलाई स्कुटर प्रदान गरेको हो ।

लकडाउनपछि नेपाली बजारमा आएको यो स्कुटरले लक्ष्य अनुरुप ब्यापार गर्न सफल भएको कम्पनीले जनाएको छ । ‘हामीले सुरुवाती चरणदेखी नै आविष्कार केन्द्रसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर प्रयास गरिरहेका थियौं’ कम्पनीका निर्देशक संजिव शिल्पकारले भने, ‘पहिलो वार्षिकोत्सवको अवसर पारेर टेल्जी लायन स्कुटर आविष्कार केन्द्रलाई प्रदान गरेका हौं ।’

कम्पनीले टेल्जी लियोपार्ड, लायन र टाइगर मोडलको स्कुटर बिक्री गर्दै आएको छ । लियोपार्डको २ लाख १० हजार, लायनको १ लाख ८५ हजार र टाइगरको १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

यी तीनै स्कुटरमा कम्पनीले नगद २० हजार रुपैयाँ छुट प्रदान गरेको छ । कम्पनीले पहिलो बार्षिकीका अवसरमा साउन महिना भरका लागि हरेक स्कुटरमा २० हजार नगद छुट दिनेछ । त्यसैगरि कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीको नयाँ स्कुटर एक्सचेन्ज गर्न सकिने र हरेक एक्सचेन्ज मूल्यमा १५ हजार थप मूल्याङकन प्रदान गर्ने समेत कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।
आयो ब्लुटुथ कनेक्ट स्कुटर- ‘टिभीएस एनटर्क १२५’
लाइसेन्सको परीक्षा भदौ पहिलो साताबाट गर्ने विभागको तयारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested