English

यस्ता हुन्छन् दम रोगका लक्षण, कसरी बच्ने ?



दम श्वासप्रश्वास सम्बन्धि दिर्घरोग हो । जसले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई समान रुपले असर गर्छ । फोक्सोको श्वासनलीमा आएको संकुचनका कारण श्वासप्रश्वासमा हुने कठिनाई, सास फुल्ने समस्या तथा श्वासप्रश्वासमा तिव्रता आदिलाई दम भनेर चिनिन्छ । त्यसैले यसका अन्य लक्षण, कारण र बच्ने उपायका बारेमा छाती रोग विशेषज्ञ डा.राजु पंगेनीको सुझाव यस्तो छ :

कारण

– धूम्रपान
– बाह्य वायु प्रदूषण (धुँवा, धुलो आदि)
– भित्री वायु प्रदूषण (चुल्होमा गुइँठो, पराल, दाउरा आदिको प्रयोग)
– विभिन्न अगरबत्ती तथा लामखुट्टेको धुपको लामो समयसम्म प्रयोग
– टिभी, निमोनिया र फोक्सोको बिरामीहरुमा पनि यो रोग देखिन्छ
– वंशाणुगत जोखिम

लक्षण

– श्वासप्रश्वासमा समस्या हुने– स्वाँस्वाँ हुने
– खोकी लागिरहने र खकार आउने
– अक्सिजनको मात्रा घट्दै जाने
– छाती घ्यार–घ्यार हुने
– खुट्टा सुन्निने
– पटक–पटक छातीको संक्रमण हुने

बच्ने उपाय

– धुँवा, धुलो आदिबाट बच्ने ।
– धुम्रपान नगर्ने ।
– धुप, दाउरा वा अन्य आन्तरिक (इन्डोर) वायू प्रदूषणबाट पनि बच्ने ।
– हिँडडुल नगरी लामो समय बसी राखेमा हात, खुट्टाका जोर्नी, मांसापेशीहरु जाम भएर कमजोर हुन्छन् । त्यसैले नियमित व्यायाम गर्ने ।
– प्रोटीनयुक्त खानेकुरा प्रसस्त मात्रामा खाने ।
– श्वास प्रश्वासको व्यायामहरु गर्ने र आफूलाई एन्जाटी डिप्रेसन भएको महसुस भएको खण्डमा मनोचिकित्सकहरुको सल्लाह लिने ।
– कोभिडको खोप, ६५ वर्ष कटेको दमका बिरामीले एकपटक लगाए पुग्ने निमोनियाको खोप र वर्षमा एकपटक इन्फ्लूएन्जाको खोप लगाउने ।
– अक्सिजनको मात्रा घटेमा वा अन्य गम्भीर समस्या देखा परेमा तुरुन्त अस्पताल जाने ।
यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् युरिक एसिडका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् हृदयघातका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् ठेउलाका लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested