English

यस्ता हुन्छन् ठेउलाका लक्षण, कसरी बच्ने ?



ठेउला एउटा भाइरल इन्फेक्सन हो । यो सामान्यतया बालबालिकाहरुमा बढी देखिन्छ । त्यसबाहेक वयस्क र वृद्धवृद्धाहरुलाई पनि यसले सताउन सक्छ । ठेउला एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । त्यसो त यसको समयमै उपचार गर्न सकिएन भने ठूलो समस्या निम्त्याउँछ । त्यसैले यसका लक्षण कस्ता हुन्छन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले दिएको सुझाव यस्तो छ :

के हो ठेउला ?

ठेउला भेरिसेला जेस्टोर भाइरस नामको सूक्ष्म जीवाणुको कारणले हुन्छ । यसलाई अंग्रेजीमा चिकन पक्स भनिन्छ । ठेउला सुरुमा छालामा मसिना बिबिरा देखिन्छन् । यो विशेष गरी स–साना बालबालिकामा बढी देखिने गर्दछ । त्यसैले ठेउला भएका बिरामीहरु जथाभावी हिड्नु हुँदैन छुट्टै कोठामा बस्नु पर्छ ।
यो हावा तथा प्रयोग गरेका लत्ताकपडा आदिका माध्यमबाट अरु व्यक्तिहरुलाई सर्छ । एकपटक ठेउला भएर निको भएको व्यक्तिलाई अर्को पटक पनि यस्तो समस्या देखिने सम्भावना भने एकदमै कम हुन्छ ।

लक्षण

– ज्वरो आउने
– हातखुट्टा दुख्ने
– आँखा रातो हुने
– जिउ शिथिल हुने
– पेट, ढाड र अनुहारमा स–साना रातो दाना देखिने
– ति स–साना रातो फोकाहरु पानी फोकामा परिणत हुने
– शरीरमा आएको पानी फोकाहरु देखिने फुट्ने र नयाँ आउने हुन्छ

हेरचाह

– ठेउला एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकोले सकेसम्म अन्य व्यक्तिको सम्पर्कमा नजाने ।
– ठेउलाको पहिचान हुना साथ चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने ।
– घरमा आराम गर्ने, चिल्लो, पिरो खानेकुरा नखाने, दिनहुँ सरसफाइ गर्ने ।
– लुगाकपडा तथा अन्य सामान अलग्गै प्रयोग गरेमा ठेउला एक–डेढ हप्तामै आफैँ निको हुन्छ  ।
– बिरामीमा कमजोरीपन देखापर्ने, ज्वरो आउनेजस्ता लक्षण देखापर्ने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।
– ताजा फलफूल, पोषिलो तथा झोलिलो खानेकुरा प्रसस्त मात्रामा खाने ।
– ठेउलाको बिरामीमा ब्याक्टेरियाको संक्रमण, मेनेन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मिर्गौला तथा कलेजोको समस्या देखिएमा घातक हुन सक्छ । तसर्थ बिरामीको उचित हेरचाह गर्ने ।
– केही गम्भिर समस्याहरु देखिएमा तुरुन्त अस्पताल जानुपर्छ ।

बच्ने उपाय

– ठेउलाबाट बच्ने उपाय एक मात्र उत्तम उपाय भनेको बिरामीको सम्पर्कमा नजाने हो ।
– बिरामीको शरीरमा आएको पानी फोकालाई नछुने ।
– ठेउला विरुद्धको खोप लगाउने । यो खोप दुई डोजमा उपलब्ध छ ।
– बिरामीलाई समस्या देखिने बित्तिकै छुट्टै कोठामा राख्ने जसले गर्दा अरुमा फैलिन पाउँदैन ।
– समस्याहरु देखिने बित्तिकै चिकित्सकको परामर्श लिने । ताकि त्यसले गम्भीर रुप नलियोस् ।
– बिरामीले प्रयोग गरेका सामानहरु लत्ताकपडा रुमाल आदि प्रयोग नगर्ने ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested