English

तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?



बेमौसमी तरकारी खेती गर्नका लागि प्रयोग गरिने प्रविधिलाई ‘टनेल’ भनिन्छ । यसलाई प्लाष्टिक घर पनि भनेर चिनिन्छ । टनेलमा बेमौसमी टमाटर खेती वर्ष भरी गर्न सकिन्छ भने अन्य तरकारी पनि मौसम भन्दा फरक समयमा उत्पादन गर्न सकिन्छ ।

टनेल खेतीबाट मनग्य आम्दानी हुने तीन वर्षदेखि टनेलमा खेती गर्दै आएका बुढानिलकण्ठ नगरपालिका वडा नं.१४ चुनिखेलका कृष्ण पण्डे बताउँछन् । ‘एक सिजनको टमाटर उत्पादन गर्नका लागि ३० हजार लगानी लाग्छ,’ पाण्डे भन्छन्, ‘मल, जल पुर्याएर खेती गरेमा २ लाखसम्मको टमाटर उत्पादन हुन्छ तर केही नगरी खेती गरेमा ७० हजारसम्म आम्दानी हुन्छ ।’ एक रोपनी जग्गामा उनले एक लाख लगानी लगाएर टनेल निर्माण गरेका छन् ।

टनेल बनाउन आवश्यक सामग्री र खर्च

जग्गा र लगात हेरेर आवश्यकता अनुसार टनेल बनाउन सकिन्छ । गाउँघरमा पाइने साधन प्रयोग गरेर कम लगानीमा टनेल निर्माण गरेर धेरै फाइदा लिन सकिन्छ । यसैगरी टिकाउका लागि फलामको डण्डी वा जि.आई पाइप र गुणस्तरीय प्लाष्टिक प्रयोग गरेर पनि टनेल बनाउन सकिन्छ । खर्चको हिसाबले साधारण र फलामे टनेल हुने कृषि प्रसार अधिकृत रुजन खड्का बताउँछन् । ‘टनेलको आकार जमिनको आकार र लगातमा भर भर्ने पर्छ । सानो टनेलमा कम्तिमा ५ मिटर चौडाई र १० मिटर लम्बाई बनाउनुपर्छ,’ खड्का भन्छन्, ‘ ठूलो टनेल बनाउँदा १० मिटर चौडाई र २५ मिटर लम्बाई हुनुपर्छ ।’ साधारण र फलामे टनेल दुबै किसिमको टनेलमा अनिवार्य हाईग्रोमिटर र थर्मोमिटर राख्नु पर्ने हुन्छ । जसले टनेल भित्रको तापक्रमलाई सन्तुलन राख्न मद्धत गर्दछ ।

साधारण टनेल

स्थानीय स्तरमा पाइने समाग्रीको प्रयोग गरी यो टनेल निर्माण गरिन्छ । यस टनेल बनाउनका लागि खम्वाको लागि बाँस, बाँध्नको लागि प्लाष्टिकको डोरी आवश्यकता अनुसारको सिल पोलिन प्लाष्टिक चाहिन्छ । प्लाष्टिक मोटामोटी ६ हजार रुपैयाँ, २५ वटा बाँसको मूल्य ३ हजार ७ सय ५० रुपैयाँसम्म पर्छ । डोरीको ५ सय, अलकत्रा वा बिग्रेको मोबिल वा ईनामेलको करिव २ सय, तार १ सय ५०, १ हजार बाँसको ढुवानी गरी यो टनेल करिव १७ हजारको लागतमा निर्माण हुने खड्का बताउँछन् ।

फलामे टनेल

फलामे टनेल बनाउँदा धेरै समयसम्म टिक्ने हुन्छ । यो टनेलमा फलामको डण्डी वा जी.आई पाइप र गुणस्तरीय प्लाष्टिक प्रयोग गरिन्छ । आकारअनुसार ५० हजार देखि १ लाख ५० सम्म खर्च हुन्छ ।

यो पनि पढ्नुहोस् ।

के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?
कोरोना संक्रमित आमाले सुरक्षित स्तनपान कसरी गराउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,