English

यी हुन् रक्तदान गर्नुका ५ फाइदा



रक्तदानले हरेक बर्ष लाखौँको जीवन बचाइरहेको हुन्छ । मानिसको रगत कृतिम रुपमा बनाउन नसकिने हुँदा रक्तदान नै प्रमुख स्रोत हो । त्यसैले रक्तदानलाई जीवन दान पनि भनिन्छ । मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भइरहन्छ । त्यसैले रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानी हुँदैन । यहाँ रक्तदान गर्दा हुने फाइदाका बारेमा आयुर्वेदिक चिकित्सक डा. जितेन्द्र श्रेष्ठले दिएको सुझाव यस्तो छ :

– रक्तदान मुटुका लागि राम्रो मानिन्छ । नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ ।

– शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुर्ण भूमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

– शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई कम गर्छ ।

– रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ । यसले स्वास्थ्यसँग जोडिएका थुप्रै समस्याहरुबाट टाढा राख्छ । रक्तदानका बेला ब्लड प्रेसर, शरीरको तापक्रम, हेमोग्लोबिनजस्ता चेकअप गरिन्छ । जसले शरीरको उतारचढावका बारेमा पनि जानकारी दिन्छन् र लामो समयसम्म स्वस्थ रहन सकिन्छ ।

– रक्तदानपछि आफैँमा एक आत्मसन्तुष्टि विकास हुन्छ । आफैँलाई एउटा राम्रो काम गरेको अनुभव हुन्छ । कसैको जिन्दगी बचाउनु राम्रो काम हो । बिरामीको जरुरत हेरेर रगतलाई थुप्रै हिस्सामा बाँडिन्छ । साना बच्चाका लागि थुप्रै पटक रगतको जरुरी हुन्छ । त्यसैले आफ्नो खुसीसँगै अरुलाई समेत खुसी राख्न रक्तदान गर्नुपर्छ ।

यो पनि पढनुहोस् ।
यी हुन् रक्तदान गर्नुका ५ फाइदा
कोरोना संक्रमण दर बढ्यो, उपत्यकाका अस्पताल भरिभराउ
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् हृदयघातका लक्षण, कसरी बच्ने ?
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

Latest










Popular
Suggested