English

यस्ता हुन्छन् ठेउलाका लक्षण, कसरी बच्ने ?



ठेउला एउटा भाइरल इन्फेक्सन हो । यो सामान्यतया बालबालिकाहरुमा बढी देखिन्छ । त्यसबाहेक वयस्क र वृद्धवृद्धाहरुलाई पनि यसले सताउन सक्छ । ठेउला एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । त्यसो त यसको समयमै उपचार गर्न सकिएन भने ठूलो समस्या निम्त्याउँछ । त्यसैले यसका लक्षण कस्ता हुन्छन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले दिएको सुझाव यस्तो छ :

के हो ठेउला ?

ठेउला भेरिसेला जेस्टोर भाइरस नामको सूक्ष्म जीवाणुको कारणले हुन्छ । यसलाई अंग्रेजीमा चिकन पक्स भनिन्छ । ठेउला सुरुमा छालामा मसिना बिबिरा देखिन्छन् । यो विशेष गरी स–साना बालबालिकामा बढी देखिने गर्दछ । त्यसैले ठेउला भएका बिरामीहरु जथाभावी हिड्नु हुँदैन छुट्टै कोठामा बस्नु पर्छ ।
यो हावा तथा प्रयोग गरेका लत्ताकपडा आदिका माध्यमबाट अरु व्यक्तिहरुलाई सर्छ । एकपटक ठेउला भएर निको भएको व्यक्तिलाई अर्को पटक पनि यस्तो समस्या देखिने सम्भावना भने एकदमै कम हुन्छ ।

लक्षण

– ज्वरो आउने
– हातखुट्टा दुख्ने
– आँखा रातो हुने
– जिउ शिथिल हुने
– पेट, ढाड र अनुहारमा स–साना रातो दाना देखिने
– ति स–साना रातो फोकाहरु पानी फोकामा परिणत हुने
– शरीरमा आएको पानी फोकाहरु देखिने फुट्ने र नयाँ आउने हुन्छ

हेरचाह

– ठेउला एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकोले सकेसम्म अन्य व्यक्तिको सम्पर्कमा नजाने ।
– ठेउलाको पहिचान हुना साथ चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने ।
– घरमा आराम गर्ने, चिल्लो, पिरो खानेकुरा नखाने, दिनहुँ सरसफाइ गर्ने ।
– लुगाकपडा तथा अन्य सामान अलग्गै प्रयोग गरेमा ठेउला एक–डेढ हप्तामै आफैँ निको हुन्छ  ।
– बिरामीमा कमजोरीपन देखापर्ने, ज्वरो आउनेजस्ता लक्षण देखापर्ने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।
– ताजा फलफूल, पोषिलो तथा झोलिलो खानेकुरा प्रसस्त मात्रामा खाने ।
– ठेउलाको बिरामीमा ब्याक्टेरियाको संक्रमण, मेनेन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मिर्गौला तथा कलेजोको समस्या देखिएमा घातक हुन सक्छ । तसर्थ बिरामीको उचित हेरचाह गर्ने ।
– केही गम्भिर समस्याहरु देखिएमा तुरुन्त अस्पताल जानुपर्छ ।

बच्ने उपाय

– ठेउलाबाट बच्ने उपाय एक मात्र उत्तम उपाय भनेको बिरामीको सम्पर्कमा नजाने हो ।
– बिरामीको शरीरमा आएको पानी फोकालाई नछुने ।
– ठेउला विरुद्धको खोप लगाउने । यो खोप दुई डोजमा उपलब्ध छ ।
– बिरामीलाई समस्या देखिने बित्तिकै छुट्टै कोठामा राख्ने जसले गर्दा अरुमा फैलिन पाउँदैन ।
– समस्याहरु देखिने बित्तिकै चिकित्सकको परामर्श लिने । ताकि त्यसले गम्भीर रुप नलियोस् ।
– बिरामीले प्रयोग गरेका सामानहरु लत्ताकपडा रुमाल आदि प्रयोग नगर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested